१) हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् ।
४) तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनिराख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् ।
६) तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन ।
७) यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् ।
८) उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् ।
१०) र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीहरूमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें ।