९९) र उही हो जसले आकाशबाट पानी बर्षायो अनि हामीले त्यसबाट थरी–थरीका हरिया कुराहरू उब्जाउँछौ अनि त्यसबाट हरिया हरियाकोपिलाहरू निकाल्दछौ र यी कोपिलाहरूबाट तिनैसँग एक आपसमा संलग्न दानाहरू निकाल्दछौ र खजूरका गाभासित झुण्डिराखेका झुप्पा र अंगूरका बगैंचाहरू र जैतून र अनार जुनकि आपसमा एक अर्का जस्तो पनि छन् र फरक – फरक पनि छन् । यी कुरा जब फल्दछन् त तिनका फलहरूमाथि र तिनका पाक्ने अवस्थालाई हेर । यिनीहरूमा त्यस्ता मानिसहरूका लागि जसले र्इमान राख्दछन् निशानीहरू छन् ।