६५) तपाई भन्नुस् कि तिमीमाथि तिम्रो माथिबाट वा खुट्टा मुनिबाट कुनै सजाय पठाउन ऊ सक्षम छ । अथवा तिमीहरूलाई विभिन्न समूहमा विभाजित गरी झगडा गराइहालोस् र तिम्रो आपसको भिडन्तको स्वाद चखाइहालोस् । हेर्नुस् हामीले आफ्ना आयतहरूलाई कुन–कुन तरिकाले वर्णन गर्दछौं ताकि यिनीहरू बुझ्न सकुन् ।