१३७) यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्नो सन्तानहरूलाई मारिदिने कुरा सुहाँउदो बनाइदिएका छन् । ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेउन् । र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे । तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्याकुरालाई जस्ताको त्यस्तै छाडिदिनुस् ।