८३) जब उनीहरू पैगम्बरमाथि अवतरित (भएको किताबका कुराहरू) सुन्दछन् तब तिमीले देख्नेछौ कि उनीहरूको आँखा आँसुले भरिएका लाग्दछन् । यसकारण कि उनीहरू सत्यको पहिचान गरिसके, उनीहरू भन्दछन् ‘‘हे हाम्रो पालनकर्ता ! हामीले ईमान ल्यायौं ।’’ अतः तपाईं हाम्रा नाम पनि गवाही दिनेवालाहरूको नामसित लेखिहाल्नुस् ।