८२) (हे पैगम्बर,) तपाईंले मोमिनहरूसँग धेरै शत्रुता गर्ने यहूदी र मुश्रिकहरूलाई पाउनुहुनेछ र मित्रताको दृष्टिकोणले मोमिनहरूको नजिकमा ती मानिसहरूलाई पाउनुहुनेछ जसले आफूलाई ‘‘नसारा (ईसाई)’’ भन्छन् । यो यसकारणले हो कि तिनीहरूमा विद्वान पनि छन् र धर्मविद् पनि र तिनीहरूले घमण्ड गर्दैनन् ।