७३) निःसन्देह ती मानिसहरू पनि काफिर हुन् जसले भन्दछन् कि अल्लाह तीनमध्येको एक हो, जब कि वास्तवमा अल्लाह बाहेक अरु कोही उपासना योग्य छैन । यदि यी मानिसहरू यस्ता भनाई अथवा विश्वास परित्याग गर्दैनन् भने तिनीहरूमध्ये जो अवज्ञाकारी हुने छन् तिनीहरूलाई कष्टदायक सजाय अवश्य हुनेछ ।