१) यो एउटा सूरः हो जसलाई हामीले अवतरित गरेका छौं र यसलाई हामीले अनिवार्य गरेका छौं, र यसमा हामीले स्पष्ट आयतहरू अवतरित गरेका छौं, ताकि तिमीले शिक्षा ग्रहण गर ।
२) व्यभिचारिणी र व्यभिचारी, स्त्री, पुरुष यी दुवैलाई सय–सय कोर्रा हान र अल्लाहको धर्मको विषयमा तिमीलाई दया नआओस्, यदि तिमी अल्लाह र अन्तिम दिनलाई मान्दछौ, र उनीहरूलाई दण्ड दिने बेलामा मुस्लिमहरूको एक समूह त्यहाँ उपस्थित हुनुपर्छ ।
३) व्यभिचारी मानिस कुनै व्यभिचारिणी वा बहुदेववादी (मुश्रिक) स्त्रीसित नै विवाहको सम्बन्ध जोड्दछ, र यसैप्रकार व्यभिचारिणी स्त्री कुनै व्यभिचारी वा बहुदेववादी पुरुषसंग मात्र आफ्नो विवाहको सम्बन्ध जोड्दछे, र मोमिनहरूको लागि यी दुबै हराम गरिदिइएका छन् ।
४) र जुन मानिसहरूले सच्चरित्र र पवित्र स्त्रीहरूमाथि व्यभिचारको दोषारोपण गर्दछन् अनि चारजना साक्षीहरू जुटाउन सक्दैनन् भने उनीहरूलाई अस्सी कोर्रा हान, र उनीहरूलाई साक्षीको रूपमा कहिल्यै स्वीकार नगर, तिनै हुन् जो अवज्ञाकारी छन् ।
६) र जुन मानिसहरू आफ्नो श्रीमतीमाथि व्यभिचारको दोषारोपण गर्दछन् र उनीहरूको सामु स्वयम् उनीहरू बाहेक साक्षीहरू छैनन् भने, उनीहरूमध्येबाट एउटाले (पति) चार पटक अल्लाहको शपथ खाएर यो गवाही देओस् कि त्यो बिल्कुलै सत्य छ ।