७६) मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।
७७) फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उनले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।
७९) त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।
८२) भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।