१८) यसभन्दा बढी अत्याचारी को होला जसले अल्लाहबारे असत्य (मिथ्या) कुरा गर्दछ । यस्ता मानिसहरू अल्लाहको सामु प्रस्तुत गरिनेछन् र सबै साक्षीहरूले भन्नेछन् कि यिनै मानिस हुन् जसले आफ्नो पालनकर्ताबारे झूठा कुरा भनेका थिए, खबरदार (सावधान) अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।