《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。

external-link copy
59 : 6

وَعِنْدَهٗ مَفَاتِحُ الْغَیْبِ لَا یَعْلَمُهَاۤ اِلَّا هُوَ ؕ— وَیَعْلَمُ مَا فِی الْبَرِّ وَالْبَحْرِ ؕ— وَمَا تَسْقُطُ مِنْ وَّرَقَةٍ اِلَّا یَعْلَمُهَا وَلَا حَبَّةٍ فِیْ ظُلُمٰتِ الْاَرْضِ وَلَا رَطْبٍ وَّلَا یَابِسٍ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟

५९) र अदृश्य कुराको साँचो अल्लाहसँग नै छ जसको बारेमा उस बाहेक अरु कसैलाई थाहा छैन र जे–जति पृथ्वी र समुन्द्रमा छन् उसैलाई त्यसको ज्ञान छ । एउटा पात झर्दा पनि उसलाई थाहा हुन्छ र पृथ्वीको अँध्यारोमा कुनै दाना (गेडा) उसको जानकारी बेगैर झर्दैन कुनै हरियो, सुकेको कुरा जे–जति छन् सबै स्पष्टरूपले किताबमा (लौहेमहफूजमा) छन् । info
التفاسير: