Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith

Numero ng Pahina:close

external-link copy
144 : 7

قَالَ یٰمُوْسٰۤی اِنِّی اصْطَفَیْتُكَ عَلَی النَّاسِ بِرِسٰلٰتِیْ وَبِكَلَامِیْ ۖؗ— فَخُذْ مَاۤ اٰتَیْتُكَ وَكُنْ مِّنَ الشّٰكِرِیْنَ ۟

१४४) (अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर । info
التفاسير:

external-link copy
145 : 7

وَكَتَبْنَا لَهٗ فِی الْاَلْوَاحِ مِنْ كُلِّ شَیْءٍ مَّوْعِظَةً وَّتَفْصِیْلًا لِّكُلِّ شَیْءٍ ۚ— فَخُذْهَا بِقُوَّةٍ وَّاْمُرْ قَوْمَكَ یَاْخُذُوْا بِاَحْسَنِهَا ؕ— سَاُورِیْكُمْ دَارَ الْفٰسِقِیْنَ ۟

१४५) र हामीले पाटीहरूमा हरेक प्रकारको उपदेश र हरेक कुराको विस्तृत वर्णन लेखि उनलाई दियौं । अतः तिमीले तिनलाई दृढतापूर्वक समातिहाल र आफ्नो समुदायलाई आदेश गर कि तिनमा उत्तम कुराहरू छन्, तिनीहरूले त्यसलाई अपनाउन् । अब छिटै नै तिमीहरूलाई ती अवज्ञाकारीहरूको ठाउँ देखाउनेछु । info
التفاسير:

external-link copy
146 : 7

سَاَصْرِفُ عَنْ اٰیٰتِیَ الَّذِیْنَ یَتَكَبَّرُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ ؕ— وَاِنْ یَّرَوْا كُلَّ اٰیَةٍ لَّا یُؤْمِنُوْا بِهَا ۚ— وَاِنْ یَّرَوْا سَبِیْلَ الرُّشْدِ لَا یَتَّخِذُوْهُ سَبِیْلًا ۚ— وَاِنْ یَّرَوْا سَبِیْلَ الْغَیِّ یَتَّخِذُوْهُ سَبِیْلًا ؕ— ذٰلِكَ بِاَنَّهُمْ كَذَّبُوْا بِاٰیٰتِنَا وَكَانُوْا عَنْهَا غٰفِلِیْنَ ۟

१४६) म यस्ता मानिसहरूलाई आफ्नो निशानीहरूबाट विमुख नै राख्नेछु जो पृथ्वीमा घमण्ड गर्दछन्, जसको तिनलाई कुनै अधिकार छैन र यदि समस्त निशानीहरू देखिहाले तापनि तिनीहरू त्यसमा विश्वास गर्ने छैनन् र यदि सोझो बाटो देख्छन् भने पनि त्यसलाई आफ्नो बाटो मान्ने छैनन् र यदि पथभ्रष्टताको बाटो देख्छन् भने त्यसलाई अपनाउने छन् । यो यसकारणले हो कि उनीहरूले हाम्रा आयतहरूलाई झूठो भने र त्यसप्रति असावधान रहे । info
التفاسير:

external-link copy
147 : 7

وَالَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَلِقَآءِ الْاٰخِرَةِ حَبِطَتْ اَعْمَالُهُمْ ؕ— هَلْ یُجْزَوْنَ اِلَّا مَا كَانُوْا یَعْمَلُوْنَ ۟۠

१४७) र यी मानिसहरू जसले हाम्रा आयतहरूलाई र प्रलोकको आउने कुरालाई झूठा ठाने, उनीहरूको सबै कर्म नष्ट भए, उनीहरूले त्यही सजाय पाउनेछन् जस्तो उनीहरूले गर्दथे । info
التفاسير:

external-link copy
148 : 7

وَاتَّخَذَ قَوْمُ مُوْسٰی مِنْ بَعْدِهٖ مِنْ حُلِیِّهِمْ عِجْلًا جَسَدًا لَّهٗ خُوَارٌ ؕ— اَلَمْ یَرَوْا اَنَّهٗ لَا یُكَلِّمُهُمْ وَلَا یَهْدِیْهِمْ سَبِیْلًا ۘ— اِتَّخَذُوْهُ وَكَانُوْا ظٰلِمِیْنَ ۟

१४८) र मूसाको समुदायले उनको अनुपस्थितिमा आफ्नो गहनाहरूको एउटा बाछोलाई पूज्य ठहराए जो एउटा ढाँचामात्र थियो, जसमा एउटा आवाज थियो । के उनीहरूले यो देखेनन् कि त्यसले उनीहरूसित न कुनै कुरा गथ्र्यो र न उनलाई कुनै बाटो देखाउँथ्यो, त्यसलाई यिनीहरूले पूजनीय ठाने र ठूलो अन्यायको काम गरे । info
التفاسير:

external-link copy
149 : 7

وَلَمَّا سُقِطَ فِیْۤ اَیْدِیْهِمْ وَرَاَوْا اَنَّهُمْ قَدْ ضَلُّوْا ۙ— قَالُوْا لَىِٕنْ لَّمْ یَرْحَمْنَا رَبُّنَا وَیَغْفِرْ لَنَا لَنَكُوْنَنَّ مِنَ الْخٰسِرِیْنَ ۟

१४९) र जब तिनी लज्जित भए र थाहा भयो कि वास्तवमा उनीहरू मार्गविचलनमा परिहाले छन् तब भन्न थाले कि यदि हाम्रो प्रतिपालकले हामीमाथि दया गरेन र हामीलाई क्षमा गरेन भने हामी बर्बाद भइहाल्नेछौं । info
التفاسير: