Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith

फतह

external-link copy
1 : 48

اِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُّبِیْنًا ۟ۙ

१) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौं । info
التفاسير:

external-link copy
2 : 48

لِّیَغْفِرَ لَكَ اللّٰهُ مَا تَقَدَّمَ مِنْ ذَنْۢبِكَ وَمَا تَاَخَّرَ وَیُتِمَّ نِعْمَتَهٗ عَلَیْكَ وَیَهْدِیَكَ صِرَاطًا مُّسْتَقِیْمًا ۟ۙ

२) ताकि अल्लाहले तपाईका अघिल्ला र पछिल्ला गलतीहरू क्षमा गरिदेओस् र तपाईमाथि आफ्नो अनुकम्पा पूर्ण गरिदेओस्, र तपाईलाई सोझो मार्गमा हिंडाओस् । info
التفاسير:

external-link copy
3 : 48

وَّیَنْصُرَكَ اللّٰهُ نَصْرًا عَزِیْزًا ۟

३) र तपाईलाई एउटा प्रभावकारी सहायता गरोस् । info
التفاسير:

external-link copy
4 : 48

هُوَ الَّذِیْۤ اَنْزَلَ السَّكِیْنَةَ فِیْ قُلُوْبِ الْمُؤْمِنِیْنَ لِیَزْدَادُوْۤا اِیْمَانًا مَّعَ اِیْمَانِهِمْ ؕ— وَلِلّٰهِ جُنُوْدُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟ۙ

४) उही हो जसले ईमानवालाहरूको हृदयमा संतोष र शान्ति प्रदान गर्यो ताकि आफ्नो ईमानको साथै उनीहरूले अरु ईमानको अभिवृद्धि गरुन, र आकाशहरू र धरतीका सबै फौज अल्लाहकै हो र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ । info
التفاسير:

external-link copy
5 : 48

لِّیُدْخِلَ الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا وَیُكَفِّرَ عَنْهُمْ سَیِّاٰتِهِمْ ؕ— وَكَانَ ذٰلِكَ عِنْدَ اللّٰهِ فَوْزًا عَظِیْمًا ۟ۙ

५) ताकि उसले मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूलाई यस्ता बागहरूमा प्रवेश गराओस् जसमुनि नहरहरू बगिराखेका छन् । जहाँ उनीहरू सधैं रहनेछन् र उनीहरूबाट उनका पापहरू हटाइदेओस्, र यो अल्लाहकहाँ ठूलो सफलता हो । info
التفاسير:

external-link copy
6 : 48

وَّیُعَذِّبَ الْمُنٰفِقِیْنَ وَالْمُنٰفِقٰتِ وَالْمُشْرِكِیْنَ وَالْمُشْرِكٰتِ الظَّآنِّیْنَ بِاللّٰهِ ظَنَّ السَّوْءِ ؕ— عَلَیْهِمْ دَآىِٕرَةُ السَّوْءِ ۚ— وَغَضِبَ اللّٰهُ عَلَیْهِمْ وَلَعَنَهُمْ وَاَعَدَّ لَهُمْ جَهَنَّمَ ؕ— وَسَآءَتْ مَصِیْرًا ۟

६) र ताकि कप्टाचारी पुरुषहरू र कप्टाचारी स्त्रीहरू र मुश्रिक पुरुषहरू र मुश्रिक (बहुदेववादी) स्त्रीहरूलाई सजाय देओस् जसले अल्लाहको बारेमा गलत धारणा राख्दछन् । उनीमाथि नराम्रो घेरा छ । अल्लाह उनीसँग रिसायो र उनलाई तिरस्कृत गर्यो र उनीहरूको निम्ति दोजख (नर्क) तयार गर्यो र त्यो बहुतै नराम्रो ठाउँ हो । info
التفاسير:

external-link copy
7 : 48

وَلِلّٰهِ جُنُوْدُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَكَانَ اللّٰهُ عَزِیْزًا حَكِیْمًا ۟

७) र आकाशहरू र धरतीका सम्पूर्ण लावालस्करहरू अल्लाहकै लागि हुन् र अल्लाह अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ । info
التفاسير:

external-link copy
8 : 48

اِنَّاۤ اَرْسَلْنٰكَ شَاهِدًا وَّمُبَشِّرًا وَّنَذِیْرًا ۟ۙ

८) र हामीले (हे मुहम्मद !) निःसन्देह तपाईलाई गवाही दिनेवाला र शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं । info
التفاسير:

external-link copy
9 : 48

لِّتُؤْمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَتُعَزِّرُوْهُ وَتُوَقِّرُوْهُ ؕ— وَتُسَبِّحُوْهُ بُكْرَةً وَّاَصِیْلًا ۟

९) ताकि (मुसलमानहरू !) तिमीहरूले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याऊ, उसको मद्दत गर, र उसको आदर गर र बिहान र बेलुका अल्लाहको पवित्रताको गुणगान गर । info
التفاسير: