Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith

Numero ng Pahina:close

external-link copy
137 : 26

اِنْ هٰذَاۤ اِلَّا خُلُقُ الْاَوَّلِیْنَ ۟ۙ

१३७) यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो । info
التفاسير:

external-link copy
138 : 26

وَمَا نَحْنُ بِمُعَذَّبِیْنَ ۟ۚ

१३८) र हामीलाई कहिले पनि यातना दिइनेछैन । info
التفاسير:

external-link copy
139 : 26

فَكَذَّبُوْهُ فَاَهْلَكْنٰهُمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً ؕ— وَمَا كَانَ اَكْثَرُهُمْ مُّؤْمِنِیْنَ ۟

१३९) उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् । info
التفاسير:

external-link copy
140 : 26

وَاِنَّ رَبَّكَ لَهُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

१४०) निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान । info
التفاسير:

external-link copy
141 : 26

كَذَّبَتْ ثَمُوْدُ الْمُرْسَلِیْنَ ۟ۚۖ

१४१) समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने । info
التفاسير:

external-link copy
142 : 26

اِذْ قَالَ لَهُمْ اَخُوْهُمْ صٰلِحٌ اَلَا تَتَّقُوْنَ ۟ۚ

१४२) (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ ? info
التفاسير:

external-link copy
143 : 26

اِنِّیْ لَكُمْ رَسُوْلٌ اَمِیْنٌ ۟ۙ

१४३) निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ । info
التفاسير:

external-link copy
144 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ۚ

१४४) अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान । info
التفاسير:

external-link copy
145 : 26

وَمَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مِنْ اَجْرٍ ۚ— اِنْ اَجْرِیَ اِلَّا عَلٰی رَبِّ الْعٰلَمِیْنَ ۟ؕ

१४५) (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको पालनकर्ताको जिम्मामा छ । info
التفاسير:

external-link copy
146 : 26

اَتُتْرَكُوْنَ فِیْ مَا هٰهُنَاۤ اٰمِنِیْنَ ۟ۙ

१४६) के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ ? info
التفاسير:

external-link copy
147 : 26

فِیْ جَنّٰتٍ وَّعُیُوْنٍ ۟ۙ

१४७) (अर्थात) बगैंचा र पानीका मूलहरूमा । info
التفاسير:

external-link copy
148 : 26

وَّزُرُوْعٍ وَّنَخْلٍ طَلْعُهَا هَضِیْمٌ ۟ۚ

१४८) र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् । info
التفاسير:

external-link copy
149 : 26

وَتَنْحِتُوْنَ مِنَ الْجِبَالِ بُیُوْتًا فٰرِهِیْنَ ۟ۚ

१४९) र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ । info
التفاسير:

external-link copy
150 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ۚ

१५०) तसर्थ अल्लाहसित डर र मैले भनेको मान । info
التفاسير:

external-link copy
151 : 26

وَلَا تُطِیْعُوْۤا اَمْرَ الْمُسْرِفِیْنَ ۟ۙ

१५१) र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान । info
التفاسير:

external-link copy
152 : 26

الَّذِیْنَ یُفْسِدُوْنَ فِی الْاَرْضِ وَلَا یُصْلِحُوْنَ ۟

१५२) जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् । info
التفاسير:

external-link copy
153 : 26

قَالُوْۤا اِنَّمَاۤ اَنْتَ مِنَ الْمُسَحَّرِیْنَ ۟ۚ

१५३) उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ । info
التفاسير:

external-link copy
154 : 26

مَاۤ اَنْتَ اِلَّا بَشَرٌ مِّثْلُنَا ۖۚ— فَاْتِ بِاٰیَةٍ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟

१५४) तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर । info
التفاسير:

external-link copy
155 : 26

قَالَ هٰذِهٖ نَاقَةٌ لَّهَا شِرْبٌ وَّلَكُمْ شِرْبُ یَوْمٍ مَّعْلُوْمٍ ۟ۚ

१५५) (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो । info
التفاسير:

external-link copy
156 : 26

وَلَا تَمَسُّوْهَا بِسُوْٓءٍ فَیَاْخُذَكُمْ عَذَابُ یَوْمٍ عَظِیْمٍ ۟

१५६) खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ । info
التفاسير:

external-link copy
157 : 26

فَعَقَرُوْهَا فَاَصْبَحُوْا نٰدِمِیْنَ ۟ۙ

१५७) तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए । info
التفاسير:

external-link copy
158 : 26

فَاَخَذَهُمُ الْعَذَابُ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً ؕ— وَمَا كَانَ اَكْثَرُهُمْ مُّؤْمِنِیْنَ ۟

१५८) तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् । info
التفاسير:

external-link copy
159 : 26

وَاِنَّ رَبَّكَ لَهُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

१५९) र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ । info
التفاسير: