Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith

Numero ng Pahina:close

external-link copy
5 : 18

مَا لَهُمْ بِهٖ مِنْ عِلْمٍ وَّلَا لِاٰبَآىِٕهِمْ ؕ— كَبُرَتْ كَلِمَةً تَخْرُجُ مِنْ اَفْوَاهِهِمْ ؕ— اِنْ یَّقُوْلُوْنَ اِلَّا كَذِبًا ۟

५) वास्तवमा तिनीहरूलाई यस कुराको नकेही ज्ञान छ र नत तिनका बाबुबाजेलाई नै थाहा थियो, यो साह्रै नराम्रो आरोप हो, जुन उनीहरूको मुखबाट निस्कन्छ र यिनीहरूले जे जति भन्दछन्, मात्र असत्य हो । info
التفاسير:

external-link copy
6 : 18

فَلَعَلَّكَ بَاخِعٌ نَّفْسَكَ عَلٰۤی اٰثَارِهِمْ اِنْ لَّمْ یُؤْمِنُوْا بِهٰذَا الْحَدِیْثِ اَسَفًا ۟

६) (हे पैगम्बर !) यदि यिनीहरूले यस सन्देशमाथि र्इमान ल्याएनन् भने के तपाई उनीहरूको पछाडि दुःखी भई शायद (कदाचित) आफूलाई समाप्त गरिहाल्ने छौ ? info
التفاسير:

external-link copy
7 : 18

اِنَّا جَعَلْنَا مَا عَلَی الْاَرْضِ زِیْنَةً لَّهَا لِنَبْلُوَهُمْ اَیُّهُمْ اَحْسَنُ عَمَلًا ۟

७) जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्ये को राम्रो कर्म गर्नेवाला छ । info
التفاسير:

external-link copy
8 : 18

وَاِنَّا لَجٰعِلُوْنَ مَا عَلَیْهَا صَعِیْدًا جُرُزًا ۟ؕ

८) र यसमाथि जो जति छ हामीले उनीलाई सफा गरी मैदान बनाउनेवाला छौं । info
التفاسير:

external-link copy
9 : 18

اَمْ حَسِبْتَ اَنَّ اَصْحٰبَ الْكَهْفِ وَالرَّقِیْمِ كَانُوْا مِنْ اٰیٰتِنَا عَجَبًا ۟

९) के तिमीले ठान्दछौ कि गुफा र शिलालेखहरू हाम्रा ठूला निशानीहरूमध्ये कुनै धेरै अनोठो निशानी थियो ? । info
التفاسير:

external-link copy
10 : 18

اِذْ اَوَی الْفِتْیَةُ اِلَی الْكَهْفِ فَقَالُوْا رَبَّنَاۤ اٰتِنَا مِنْ لَّدُنْكَ رَحْمَةً وَّهَیِّئْ لَنَا مِنْ اَمْرِنَا رَشَدًا ۟

१०) जब केही युवकहरूले गुफामा शरण लिए अनि प्रार्थना गर्नथालेः कि हे हाम्रो पालनकर्ता हामीमाथि आफ्नो तर्फबाट दया गर, र हाम्रो काममा हाम्रो लागि बाटो देखाइदेऊ । info
التفاسير:

external-link copy
11 : 18

فَضَرَبْنَا عَلٰۤی اٰذَانِهِمْ فِی الْكَهْفِ سِنِیْنَ عَدَدًا ۟ۙ

११) अनि हामीले गुफामा कैयौं वर्षसम्म तिनीहरूका कानमाथि आवरणहरूले (सुनाईबाट) बन्चित राख्यौं । info
التفاسير:

external-link copy
12 : 18

ثُمَّ بَعَثْنٰهُمْ لِنَعْلَمَ اَیُّ الْحِزْبَیْنِ اَحْصٰی لِمَا لَبِثُوْۤا اَمَدًا ۟۠

१२) अनि हामीले तिनीहरूलाई बिउँझायौं ताकि पत्ता लगाऔं जुन अवधिमा उनीहरू गुफामा रहे दुवै समूहहरूमध्ये त्यस अवधिबारे कसलाई राम्ररी थाहा छ ? info
التفاسير:

external-link copy
13 : 18

نَحْنُ نَقُصُّ عَلَیْكَ نَبَاَهُمْ بِالْحَقِّ ؕ— اِنَّهُمْ فِتْیَةٌ اٰمَنُوْا بِرَبِّهِمْ وَزِدْنٰهُمْ هُدًی ۟ۗۖ

१३) हामीले तिनीहरूको सत्य घटनाको वर्णन तिमीहरू समक्ष गर्दछौं । यी गिन्तीका केही युवकहरूले आफ्नो पालनकर्तामाथि ईमान ल्याएका थिए र हामीले तिनीहरूको ईमानलाई सुदृढ गरेका थियौं । info
التفاسير:

external-link copy
14 : 18

وَّرَبَطْنَا عَلٰی قُلُوْبِهِمْ اِذْ قَامُوْا فَقَالُوْا رَبُّنَا رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ لَنْ نَّدْعُوَاۡ مِنْ دُوْنِهٖۤ اِلٰهًا لَّقَدْ قُلْنَاۤ اِذًا شَطَطًا ۟

१४) हामीले तिनीहरूको हृदयलाई बलियो बनायौं जब तिनीहरू उभिए र भन्न थालेः कि हाम्रो पालनकर्ता तिमी उही हौ जो आकाशहरू र धर्तीको प्रतिपालक हौ, हामीले उस बाहेक अन्य कसैलाई पुकार्नु असंभव छ । यदि यस्तो गर्यौं भने हामीले धेरै गलत कुरा गर्यौं । info
التفاسير:

external-link copy
15 : 18

هٰۤؤُلَآءِ قَوْمُنَا اتَّخَذُوْا مِنْ دُوْنِهٖۤ اٰلِهَةً ؕ— لَوْلَا یَاْتُوْنَ عَلَیْهِمْ بِسُلْطٰنٍ بَیِّنٍ ؕ— فَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا ۟ؕ

१५) यो हो हाम्रो समुदाय जसले उस बाहेक अरुलाई पूजायोग्य बनाएका छन्, यिनीहरूले तिनीहरू पूजनीय भएको कुनै स्पष्ट प्रमाण किन पेश गर्दैनन्, त्यसभन्दा अत्याचारी को होला जो अल्लाहमाथि झूठो कुरा गर्दछ ? info
التفاسير: