Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith

हूद

external-link copy
1 : 11

الٓرٰ ۫— كِتٰبٌ اُحْكِمَتْ اٰیٰتُهٗ ثُمَّ فُصِّلَتْ مِنْ لَّدُنْ حَكِیْمٍ خَبِیْرٍ ۟ۙ

१) अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयतहरू ठोस छन्, र बुद्धिमत्ता सम्पन्न सबै कुराको ज्ञाताको तर्फबाट स्पष्टरूपले व्याख्या गरिएको छ । info
التفاسير:

external-link copy
2 : 11

اَلَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنَّنِیْ لَكُمْ مِّنْهُ نَذِیْرٌ وَّبَشِیْرٌ ۟ۙ

२) यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्नेवाला र शुभ सन्देश दिनेवाला हूँ । info
التفاسير:

external-link copy
3 : 11

وَّاَنِ اسْتَغْفِرُوْا رَبَّكُمْ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ یُمَتِّعْكُمْ مَّتَاعًا حَسَنًا اِلٰۤی اَجَلٍ مُّسَمًّی وَّیُؤْتِ كُلَّ ذِیْ فَضْلٍ فَضْلَهٗ ؕ— وَاِنْ تَوَلَّوْا فَاِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ كَبِیْرٍ ۟

३) र यो कि तिमी आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर, उसले तिमीलाई एक निश्चित समयसम्म राम्रो जिन्दगी दिनेछ, र धेरै पुण्य गर्नेहरूलाई बढी प्रतिफल दिनेछ । र यदि तिमी विमुख हुन्छौ भने मलाई तिम्रो बारेमा कियामतको ठुलो दिनको सजायको भय छ । info
التفاسير:

external-link copy
4 : 11

اِلَی اللّٰهِ مَرْجِعُكُمْ ۚ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟

४) तिमी (सबै) लाई अल्लाहतिरै (फर्केर) जानु छ र ऊ प्रत्येक कुरोमा सामथ्र्यवान छ । info
التفاسير:

external-link copy
5 : 11

اَلَاۤ اِنَّهُمْ یَثْنُوْنَ صُدُوْرَهُمْ لِیَسْتَخْفُوْا مِنْهُ ؕ— اَلَا حِیْنَ یَسْتَغْشُوْنَ ثِیَابَهُمْ ۙ— یَعْلَمُ مَا یُسِرُّوْنَ وَمَا یُعْلِنُوْنَ ۚ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟

५) यादराख यिनीहरूले आफ्ना हृदयलाई आवरणले छोप्छन्, ताकि अल्लाहबाट त्यसभित्रको कुरा लुकाउन सकुन् । यादराख, जुन बेला यिनीहरू लुगामा बेरिएका हुन्छन् त्यतिबेला पनि तिनीहरूको लुकेको र प्रकट कुराहरू सबैको उसलाई ज्ञान हुन्छ, निःसन्देह ऊ हृदयभित्र भएका सबै कुराहरू जान्दछ । info
التفاسير: