அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி

பக்க எண்:close

external-link copy
181 : 3

لَقَدْ سَمِعَ اللّٰهُ قَوْلَ الَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ فَقِیْرٌ وَّنَحْنُ اَغْنِیَآءُ ۘ— سَنَكْتُبُ مَا قَالُوْا وَقَتْلَهُمُ الْاَنْۢبِیَآءَ بِغَیْرِ حَقٍّ ۙۚ— وَّنَقُوْلُ ذُوْقُوْا عَذَابَ الْحَرِیْقِ ۟

१८१) निश्चय नै अल्लाहले तिनको भनाई पनि सुनिहाल्यो जसले भन्दछन् कि अल्लाह गरिब छ र हामी धनी छौं । उनको यस भनाईलाई हामीले लेखिलिने छौं र उनीहरूले पैगम्बरहरूलाई बिना दोष मारिराखेको कुरा पनि, र हामीले भन्ने छौ कि बलिरहेको आगोको सजाय भोगिराख । info
التفاسير:

external-link copy
182 : 3

ذٰلِكَ بِمَا قَدَّمَتْ اَیْدِیْكُمْ وَاَنَّ اللّٰهَ لَیْسَ بِظَلَّامٍ لِّلْعَبِیْدِ ۟ۚ

१८२) यो तिमीले गरेको कर्महरूको प्रतिफल हो, र अल्लाह आफ्ना भक्तहरूमाथि कहिल्यै अत्याचार गर्दैन । info
التفاسير:

external-link copy
183 : 3

اَلَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ عَهِدَ اِلَیْنَاۤ اَلَّا نُؤْمِنَ لِرَسُوْلٍ حَتّٰی یَاْتِیَنَا بِقُرْبَانٍ تَاْكُلُهُ النَّارُ ؕ— قُلْ قَدْ جَآءَكُمْ رُسُلٌ مِّنْ قَبْلِیْ بِالْبَیِّنٰتِ وَبِالَّذِیْ قُلْتُمْ فَلِمَ قَتَلْتُمُوْهُمْ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

१८३) यी त्यस्ता मानिस हुन् जो भन्दछन् कि अल्लाहले आदेश गरे अनुसार जबसम्म कुनै पैगम्बर हामी छेउ यस्तो कुर्बानी लिएर आउँदैन जसलाई आगोले खाइदेओस् तबसम्म हामीले विश्वास गर्दैनौ । भनिदिनुस् कि यदि तिमी साँचो हौ भने मभन्दा अघि कैयौं पैगम्बरहरू तिम्रा छेउ खुल्लारूपमा अनेक चमत्कारहरूका साथ यो पनि ल्याए जुन तिमीहरूले भनिराखेका छौ । फेरि उनीहरूलाई तिमीहरूले किन मार्यौ ? info
التفاسير:

external-link copy
184 : 3

فَاِنْ كَذَّبُوْكَ فَقَدْ كُذِّبَ رُسُلٌ مِّنْ قَبْلِكَ جَآءُوْ بِالْبَیِّنٰتِ وَالزُّبُرِ وَالْكِتٰبِ الْمُنِیْرِ ۟

१८४) फेरि पनि यदि यिनीहरूले तपाईलाई साँचो मान्दैनन् भने यस्तै तपाईभन्दा अगाडि धेरै पैगम्बरहरू झुटलाइएका छन् जुन् खुला निशानी, तर्क र उज्यालो किताबहरू लिएर आइसकेका छन् । info
التفاسير:

external-link copy
185 : 3

كُلُّ نَفْسٍ ذَآىِٕقَةُ الْمَوْتِ ؕ— وَاِنَّمَا تُوَفَّوْنَ اُجُوْرَكُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— فَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَاُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ ؕ— وَمَا الْحَیٰوةُ الدُّنْیَاۤ اِلَّا مَتَاعُ الْغُرُوْرِ ۟

१८५) प्रत्येक ज्यानले मृत्युको स्वाद चाख्नु पर्नेछ र तिमीलाई कियामतको दिन तिम्रा क्रियाकलापहरूको पूरापूर प्रतिफल प्रदान गरिने छ, तसर्थ जुन मानिसलाई नर्कको आगोबाट टाढा राखिनेछ र स्वर्गमा प्रवेश गराइनेछ, निश्चय नै उही सफल हुनेछ र संसारिक जीवन त भ्रमको सामान मात्र हो । info
التفاسير:

external-link copy
186 : 3

لَتُبْلَوُنَّ فِیْۤ اَمْوَالِكُمْ وَاَنْفُسِكُمْ ۫— وَلَتَسْمَعُنَّ مِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ وَمِنَ الَّذِیْنَ اَشْرَكُوْۤا اَذًی كَثِیْرًا ؕ— وَاِنْ تَصْبِرُوْا وَتَتَّقُوْا فَاِنَّ ذٰلِكَ مِنْ عَزْمِ الْاُمُوْرِ ۟

१८६) तिम्रा ज्यान र सम्पदाबाट तिम्रो परीक्षा गरिनेछ र तिमीले अहले किताब र ती मानिसहरूबाट जुन मुश्रिक छन्, कष्टदायक कुराहरू सुन्नु पर्नेछ । तसर्थ यदि तिमीले धैर्य र आत्मसंयम अपनाइराख्दछौ भने निःसंदेह यी ठूला साहसका काम हुन् । info
التفاسير: