அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி

பக்க எண்:close

external-link copy
91 : 21

وَالَّتِیْۤ اَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِیْهَا مِنْ رُّوْحِنَا وَجَعَلْنٰهَا وَابْنَهَاۤ اٰیَةً لِّلْعٰلَمِیْنَ ۟

९१) र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं । info
التفاسير:

external-link copy
92 : 21

اِنَّ هٰذِهٖۤ اُمَّتُكُمْ اُمَّةً وَّاحِدَةً ۖؗ— وَّاَنَا رَبُّكُمْ فَاعْبُدُوْنِ ۟

९२) यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर । info
التفاسير:

external-link copy
93 : 21

وَتَقَطَّعُوْۤا اَمْرَهُمْ بَیْنَهُمْ ؕ— كُلٌّ اِلَیْنَا رٰجِعُوْنَ ۟۠

९३) तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् । info
التفاسير:

external-link copy
94 : 21

فَمَنْ یَّعْمَلْ مِنَ الصّٰلِحٰتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْیِهٖ ۚ— وَاِنَّا لَهٗ كٰتِبُوْنَ ۟

९४) फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं । info
التفاسير:

external-link copy
95 : 21

وَحَرٰمٌ عَلٰی قَرْیَةٍ اَهْلَكْنٰهَاۤ اَنَّهُمْ لَا یَرْجِعُوْنَ ۟

९५) र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् । info
التفاسير:

external-link copy
96 : 21

حَتّٰۤی اِذَا فُتِحَتْ یَاْجُوْجُ وَمَاْجُوْجُ وَهُمْ مِّنْ كُلِّ حَدَبٍ یَّنْسِلُوْنَ ۟

९६) यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् । info
التفاسير:

external-link copy
97 : 21

وَاقْتَرَبَ الْوَعْدُ الْحَقُّ فَاِذَا هِیَ شَاخِصَةٌ اَبْصَارُ الَّذِیْنَ كَفَرُوْا ؕ— یٰوَیْلَنَا قَدْ كُنَّا فِیْ غَفْلَةٍ مِّنْ هٰذَا بَلْ كُنَّا ظٰلِمِیْنَ ۟

९७) र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’ info
التفاسير:

external-link copy
98 : 21

اِنَّكُمْ وَمَا تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ حَصَبُ جَهَنَّمَ ؕ— اَنْتُمْ لَهَا وٰرِدُوْنَ ۟

९८) (काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ । info
التفاسير:

external-link copy
99 : 21

لَوْ كَانَ هٰۤؤُلَآءِ اٰلِهَةً مَّا وَرَدُوْهَا ؕ— وَكُلٌّ فِیْهَا خٰلِدُوْنَ ۟

९९) यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् । info
التفاسير:

external-link copy
100 : 21

لَهُمْ فِیْهَا زَفِیْرٌ وَّهُمْ فِیْهَا لَا یَسْمَعُوْنَ ۟

१००) त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् । info
التفاسير:

external-link copy
101 : 21

اِنَّ الَّذِیْنَ سَبَقَتْ لَهُمْ مِّنَّا الْحُسْنٰۤی ۙ— اُولٰٓىِٕكَ عَنْهَا مُبْعَدُوْنَ ۟ۙ

१०१) तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट (नर्कबाट) टाढा राखिनेछन् । info
التفاسير: