د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

external-link copy
160 : 7

وَقَطَّعْنٰهُمُ اثْنَتَیْ عَشْرَةَ اَسْبَاطًا اُمَمًا ؕ— وَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰۤی اِذِ اسْتَسْقٰىهُ قَوْمُهٗۤ اَنِ اضْرِبْ بِّعَصَاكَ الْحَجَرَ ۚ— فَانْۢبَجَسَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَیْنًا ؕ— قَدْ عَلِمَ كُلُّ اُنَاسٍ مَّشْرَبَهُمْ ؕ— وَظَلَّلْنَا عَلَیْهِمُ الْغَمَامَ وَاَنْزَلْنَا عَلَیْهِمُ الْمَنَّ وَالسَّلْوٰی ؕ— كُلُوْا مِنْ طَیِّبٰتِ مَا رَزَقْنٰكُمْ ؕ— وَمَا ظَلَمُوْنَا وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟

१६०) र हामीले उनलाई बाह्र घरानाहरूमा विभक्त गरी, सबैको बेग्ला–बेग्लै समूह निश्चित गरिदियौं । जब उनको कौमका मानिसहरूले पानी मांगे, तब हामीले मूसालाई आदेश गर्यौं ‘‘आफ्नो लठ्ठीले एउटा खास चट्टानमा प्रहार गर । अतः तुरुन्तै त्यसबाट बाह्र मूल फुटे र हरेक समूहले आफ्नो मूल थाहा पाइहाले । र हामीले उनीमाथि बादलको छायाँ गर्यौं, र उनीमाथि ‘‘मन्न’’ र ‘‘सलवा’’ उतार्यौं हामीले तिमीलाई जे राम्रो कुरा प्रदान् गरेका छौं, त्यसलाई खाऊ’’ र उनीहरूले हाम्रो कुनै हानि गरेनन् बरु आफ्नै हानि गर्दथे । info
التفاسير: