د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

external-link copy
116 : 5

وَاِذْ قَالَ اللّٰهُ یٰعِیْسَی ابْنَ مَرْیَمَ ءَاَنْتَ قُلْتَ لِلنَّاسِ اتَّخِذُوْنِیْ وَاُمِّیَ اِلٰهَیْنِ مِنْ دُوْنِ اللّٰهِ ؕ— قَالَ سُبْحٰنَكَ مَا یَكُوْنُ لِیْۤ اَنْ اَقُوْلَ مَا لَیْسَ لِیْ ۗ— بِحَقٍّ ؔؕ— اِنْ كُنْتُ قُلْتُهٗ فَقَدْ عَلِمْتَهٗ ؕ— تَعْلَمُ مَا فِیْ نَفْسِیْ وَلَاۤ اَعْلَمُ مَا فِیْ نَفْسِكَ ؕ— اِنَّكَ اَنْتَ عَلَّامُ الْغُیُوْبِ ۟

११६) र त्यो समय पनि वर्णन योग्य छ जब अल्लाहले भन्ने छः हे ईसा बिन मरियम ! के तिमीले मानिसहरूसित भनेका थियौ कि अल्लाह बाहेक मलाई र मेरी आमालाई पूज्य बनाइहाल ? ईसाले भन्ने छन् कि तिमी पवित्र छौ, मलाई त्यो कुरो भन्न उचित कसरी हुन सक्दथ्यौ जुन कुराको मलाई अधिकार छैन ? मैले त्यसो भनेको भए तिमीलाई थाहा होला, (किनभने) जुन कुरो मेरो मनमा छ त्यो पनि तिमीलाई थाहा छ र जुन कुरो तिम्रो मनमा छ त्यो मलाई थाहा छैन । निःसन्देह तिमी सबै गुप्त कुराको ज्ञाता हौ । info
التفاسير: