د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
40 : 44

اِنَّ یَوْمَ الْفَصْلِ مِیْقَاتُهُمْ اَجْمَعِیْنَ ۟ۙ

४०) निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो । info
التفاسير:

external-link copy
41 : 44

یَوْمَ لَا یُغْنِیْ مَوْلًی عَنْ مَّوْلًی شَیْـًٔا وَّلَا هُمْ یُنْصَرُوْنَ ۟ۙ

४१) जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ । info
التفاسير:

external-link copy
42 : 44

اِلَّا مَنْ رَّحِمَ اللّٰهُ ؕ— اِنَّهٗ هُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

४२) किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
43 : 44

اِنَّ شَجَرَتَ الزَّقُّوْمِ ۟ۙ

४३) निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष, info
التفاسير:

external-link copy
44 : 44

طَعَامُ الْاَثِیْمِ ۟

४४) गुनेहगारहरूको (पापीहरूको) भोजन हुनेछ, info
التفاسير:

external-link copy
45 : 44

كَالْمُهْلِ ۛۚ— یَغْلِیْ فِی الْبُطُوْنِ ۟ۙ

४५) पग्लेको तामा जस्तो छ, जुन पेटहरूमा उम्लनेछ । info
التفاسير:

external-link copy
46 : 44

كَغَلْیِ الْحَمِیْمِ ۟

४६) जस्तो कि पानी उम्लिन्छ । info
التفاسير:

external-link copy
47 : 44

خُذُوْهُ فَاعْتِلُوْهُ اِلٰی سَوَآءِ الْجَحِیْمِ ۟ۙ

४७) यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ । info
التفاسير:

external-link copy
48 : 44

ثُمَّ صُبُّوْا فَوْقَ رَاْسِهٖ مِنْ عَذَابِ الْحَمِیْمِ ۟ؕ

४८) अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ । info
التفاسير:

external-link copy
49 : 44

ذُقْ ۖۚ— اِنَّكَ اَنْتَ الْعَزِیْزُ الْكَرِیْمُ ۟

४९) स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ । info
التفاسير:

external-link copy
50 : 44

اِنَّ هٰذَا مَا كُنْتُمْ بِهٖ تَمْتَرُوْنَ ۟

५०) यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ । info
التفاسير:

external-link copy
51 : 44

اِنَّ الْمُتَّقِیْنَ فِیْ مَقَامٍ اَمِیْنٍ ۟ۙ

५१) निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् । info
التفاسير:

external-link copy
52 : 44

فِیْ جَنّٰتٍ وَّعُیُوْنٍ ۟ۚۙ

५२) बगैचाहरू र श्रोतहरूमा, info
التفاسير:

external-link copy
53 : 44

یَّلْبَسُوْنَ مِنْ سُنْدُسٍ وَّاِسْتَبْرَقٍ مُّتَقٰبِلِیْنَ ۟ۚۙ

५३) रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् । info
التفاسير:

external-link copy
54 : 44

كَذٰلِكَ ۫— وَزَوَّجْنٰهُمْ بِحُوْرٍ عِیْنٍ ۟ؕ

५४) यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं । info
التفاسير:

external-link copy
55 : 44

یَدْعُوْنَ فِیْهَا بِكُلِّ فَاكِهَةٍ اٰمِنِیْنَ ۟ۙ

५५) त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् । info
التفاسير:

external-link copy
56 : 44

لَا یَذُوْقُوْنَ فِیْهَا الْمَوْتَ اِلَّا الْمَوْتَةَ الْاُوْلٰی ۚ— وَوَقٰىهُمْ عَذَابَ الْجَحِیْمِ ۟ۙ

५६) त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो । info
التفاسير:

external-link copy
57 : 44

فَضْلًا مِّنْ رَّبِّكَ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟

५७) यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो । info
التفاسير:

external-link copy
58 : 44

فَاِنَّمَا یَسَّرْنٰهُ بِلِسَانِكَ لَعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟

५८) हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् । info
التفاسير:

external-link copy
59 : 44

فَارْتَقِبْ اِنَّهُمْ مُّرْتَقِبُوْنَ ۟۠

५९) अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् । info
التفاسير: