د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
62 : 2

اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَادُوْا وَالنَّصٰرٰی وَالصّٰبِـِٕیْنَ مَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَعَمِلَ صَالِحًا فَلَهُمْ اَجْرُهُمْ عِنْدَ رَبِّهِمْ ۪ۚ— وَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟

६२) निःसंदेह मुसलमान होऊन्, यहूदी होऊन्, ईसाई होऊन् या पारसी जो अल्लाह र अन्तिम दिनमाथि आस्था राख्यो र असल काम गर्यो त्यस्ता व्यक्तिहरूलाई तिनका फल, अल्लाहकहाँ प्राप्त हुनेछ । र तिनीहरूलाई न त कुनै प्रकारको भयत्रास हुनेछ र न उदासी नै । info
التفاسير:

external-link copy
63 : 2

وَاِذْ اَخَذْنَا مِیْثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّوْرَ ؕ— خُذُوْا مَاۤ اٰتَیْنٰكُمْ بِقُوَّةٍ وَّاذْكُرُوْا مَا فِیْهِ لَعَلَّكُمْ تَتَّقُوْنَ ۟

६३) र जब हामीले तिमीसित वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि ठड्यायौं कि जुन (पुस्तक) हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसलाई बलपूर्वक समातिराख र त्यसमा जे छ, त्यो याद राख ताकि तिमी बाँच्न सक । info
التفاسير:

external-link copy
64 : 2

ثُمَّ تَوَلَّیْتُمْ مِّنْ بَعْدِ ذٰلِكَ ۚ— فَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ لَكُنْتُمْ مِّنَ الْخٰسِرِیْنَ ۟

६४) तर त्यसपछि पनि तिमीहरू त्यस वाचाबाट विमुख भइहाल्यौ, र यदि तिमीमाथि अल्लाहको वरदान र कृपा नभएको भए, तिमी ठूलो हानिमा पर्ने थियौ । info
التفاسير:

external-link copy
65 : 2

وَلَقَدْ عَلِمْتُمُ الَّذِیْنَ اعْتَدَوْا مِنْكُمْ فِی السَّبْتِ فَقُلْنَا لَهُمْ كُوْنُوْا قِرَدَةً خٰسِـِٕیْنَ ۟ۚ

६५) र तिमीलाई निःसन्देह ती मानिसहरूको जानकारी छ, जो तिमीमध्ये, शनिवारको दिनमा सीमा नाघिसकेका थिए र हामीले पनि उनीहरूलाई भनिदियौं, तिमीहरू अपमानित बाँदरहरू भइहाल । info
التفاسير:

external-link copy
66 : 2

فَجَعَلْنٰهَا نَكَالًا لِّمَا بَیْنَ یَدَیْهَا وَمَا خَلْفَهَا وَمَوْعِظَةً لِّلْمُتَّقِیْنَ ۟

६६) यसलाई हामीले पहिला आएका र पछि आउने मानिसहरूको लागि दृष्टान्त र आस्थावानहरूको लागि उपदेश र नसीहत बनायौं । info
التفاسير:

external-link copy
67 : 2

وَاِذْ قَالَ مُوْسٰی لِقَوْمِهٖۤ اِنَّ اللّٰهَ یَاْمُرُكُمْ اَنْ تَذْبَحُوْا بَقَرَةً ؕ— قَالُوْۤا اَتَتَّخِذُنَا هُزُوًا ؕ— قَالَ اَعُوْذُ بِاللّٰهِ اَنْ اَكُوْنَ مِنَ الْجٰهِلِیْنَ ۟

६७) र यादगर जब मूसाले आफ्नो समुदायसित भने कि अल्लाहले तिमीलाई आदेश दिन्छ कि एउटा गाई बलि देऊ । तिनीहरूले भने, के तिमी हामीसँग ठट्टा गर्दछौ ? उहाँले भन्नुभयो कि यस्तो मूर्ख हुनुभन्दा म अल्लाहको शरणमा जान्छु । info
التفاسير:

external-link copy
68 : 2

قَالُوا ادْعُ لَنَا رَبَّكَ یُبَیِّنْ لَّنَا مَا هِیَ ؕ— قَالَ اِنَّهٗ یَقُوْلُ اِنَّهَا بَقَرَةٌ لَّا فَارِضٌ وَّلَا بِكْرٌ ؕ— عَوَانٌ بَیْنَ ذٰلِكَ ؕ— فَافْعَلُوْا مَا تُؤْمَرُوْنَ ۟

६८) तिनीहरूले भने, हे मूसा आफ्नो पालनकर्तासित प्रार्थना गर्नुस् कि उहाँले हामीलाई स्पष्ट पारोस् कि त्यो (गाई) कस्तो हुनु पर्छः उहाँले (मूसाले) भन्नुभयो, पालनकर्ताको भनाई छ कि त्यो गाई नत बूढी होस् नत बाछी बरु दुईटैको बीचको होस् । तसर्थ तिमीहरू आदेश अनुसार गर । info
التفاسير:

external-link copy
69 : 2

قَالُوا ادْعُ لَنَا رَبَّكَ یُبَیِّنْ لَّنَا مَا لَوْنُهَا ؕ— قَالَ اِنَّهٗ یَقُوْلُ اِنَّهَا بَقَرَةٌ صَفْرَآءُ ۙ— فَاقِعٌ لَّوْنُهَا تَسُرُّ النّٰظِرِیْنَ ۟

६९) तिनीहरूले फेरि भनेः आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि हामीलाई यो पनि बताओस् कि त्यसको रङ्ग कस्तो हुनुपर्दछ । मूसाले भने, अल्लाहको भनाई छ कि त्यसको रङ्ग गहिरो पहेंलो होस् ताकि हेर्नेहरूलाई प्रसन्न गरोस् । info
التفاسير: