د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
27 : 16

ثُمَّ یَوْمَ الْقِیٰمَةِ یُخْزِیْهِمْ وَیَقُوْلُ اَیْنَ شُرَكَآءِیَ الَّذِیْنَ كُنْتُمْ تُشَآقُّوْنَ فِیْهِمْ ؕ— قَالَ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ اِنَّ الْخِزْیَ الْیَوْمَ وَالسُّوْٓءَ عَلَی الْكٰفِرِیْنَ ۟ۙ

२७) अनि उसले तिनीहरूलाई कियामतको दिन पनि अपमानित गर्नेछ र भन्नेछः ‘‘कि मेरा ती साझेदारहरू कहाँ छन् जसको बारेमा तिमीहरूले विवाद गर्दथ्यो ?’’ जुन मानिसहरूलाई ज्ञान प्रदान गरिएको थियो तिनीहरूले भन्नेछन् कि आज काफिरहरूलाई अपमान र लज्जाले छोपेको छ । info
التفاسير:

external-link copy
28 : 16

الَّذِیْنَ تَتَوَفّٰىهُمُ الْمَلٰٓىِٕكَةُ ظَالِمِیْۤ اَنْفُسِهِمْ ۪— فَاَلْقَوُا السَّلَمَ مَا كُنَّا نَعْمَلُ مِنْ سُوْٓءٍ ؕ— بَلٰۤی اِنَّ اللّٰهَ عَلِیْمٌۢ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

२८) तिनीहरू जो आफूमाथि अत्याचार गर्दछन् जब फरिशताहरूले तिनीहरूका ज्यान निकाल्न थाल्छन् त तिनीहरू नतमस्तक र आज्ञाकारी भइहाल्छन् (भन्दछन्ः) कि हामीले कुनै नराम्रो काम गर्दैनथ्यौं । तर जे–जति तिमीले गर्ने गर्दथ्यौ अल्लाहलाई राम्ररी थाहा छ । info
التفاسير:

external-link copy
29 : 16

فَادْخُلُوْۤا اَبْوَابَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَا ؕ— فَلَبِئْسَ مَثْوَی الْمُتَكَبِّرِیْنَ ۟

२९) तसर्थ नर्कका ढोकाहरूमा तिमीहरू प्रवेश गरिहाल, सधैं त्यसमा रहनेछौ, घमण्ड गर्नेहरूको लागि कति नराम्रो बासस्थान हो । info
التفاسير:

external-link copy
30 : 16

وَقِیْلَ لِلَّذِیْنَ اتَّقَوْا مَاذَاۤ اَنْزَلَ رَبُّكُمْ ؕ— قَالُوْا خَیْرًا ؕ— لِلَّذِیْنَ اَحْسَنُوْا فِیْ هٰذِهِ الدُّنْیَا حَسَنَةٌ ؕ— وَلَدَارُ الْاٰخِرَةِ خَیْرٌ ؕ— وَلَنِعْمَ دَارُ الْمُتَّقِیْنَ ۟ۙ

३०) र (जब) सहनशीलहरूसित सोधिन्छः कि तिम्रो पालनकर्ताले के उत्तारेको छ त भन्दछन् कि अत्यन्त राम्रा, जुन मानिसहरूले भलाई गरे तिनीहरूको निम्ति यस संसारमा पनि भलाई छ र आखिरतको घर त अवश्य धेरै राम्रो छ, र संयमीहरूको घर अत्यन्त राम्रो छ । info
التفاسير:

external-link copy
31 : 16

جَنّٰتُ عَدْنٍ یَّدْخُلُوْنَهَا تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ لَهُمْ فِیْهَا مَا یَشَآءُوْنَ ؕ— كَذٰلِكَ یَجْزِی اللّٰهُ الْمُتَّقِیْنَ ۟ۙ

३१) स्थाई बगैंचाहरू छन् जसमा तिनीहरू प्रवेश गर्नेछन्, तिनीहरूतल नहरहरू बगिराखेका छन् त्यहाँ जे चाहन्छन् तिनीहरूको निम्ति उपलब्ध हुनेछन् । अल्लाहले संयमीहरूलाई यस्तै प्रतिफल दिनेछ । info
التفاسير:

external-link copy
32 : 16

الَّذِیْنَ تَتَوَفّٰىهُمُ الْمَلٰٓىِٕكَةُ طَیِّبِیْنَ ۙ— یَقُوْلُوْنَ سَلٰمٌ عَلَیْكُمُ ۙ— ادْخُلُوا الْجَنَّةَ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

३२) जब फरिश्ताहरूले तिनीहरूका आत्मा निकाल्न थाल्छन् र यिनीहरू (शीर्कबाट) पवित्र हुन्छन्, भन्दछन तिम्रो लागि कुशलता नै कुशलता छ र भन्दछन् कि जुन कार्य तिमीले गर्ने गर्दथ्यो, त्यसको फलस्वरूप स्वर्गमा प्रवेश गरिहाल । info
التفاسير:

external-link copy
33 : 16

هَلْ یَنْظُرُوْنَ اِلَّاۤ اَنْ تَاْتِیَهُمُ الْمَلٰٓىِٕكَةُ اَوْ یَاْتِیَ اَمْرُ رَبِّكَ ؕ— كَذٰلِكَ فَعَلَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— وَمَا ظَلَمَهُمُ اللّٰهُ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟

३३) के यिनी यस कुराको प्रतीक्षमा छन् कि फरिश्ताहरू उनको समीप (प्राण निकाल्न) आउन् वा तिम्रो पालनकर्ताको आदेश आइपुगोस् । यस्तैे तिनीहरूले पनि गरेका थिए जो उनीभन्दा पहिला थिए र अल्लाहले उनीहरूमाथि कुनै अत्याचार गरेन, बरु तिनीहरू आफैले आफूहरूमाथि अत्याचार गर्दथे । info
التفاسير:

external-link copy
34 : 16

فَاَصَابَهُمْ سَیِّاٰتُ مَا عَمِلُوْا وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟۠

३४) तसर्थ तिनीहरूको नराम्रो कामको परिणाम तिनीहरूलाई प्राप्त भयो र जुन कुराको तिनीहरूले हाँसो गर्नेगर्दथे, त्यसले तिनीहरूलाई घेरिहाल्यो । info
التفاسير: