د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
72 : 11

قَالَتْ یٰوَیْلَتٰۤی ءَاَلِدُ وَاَنَا عَجُوْزٌ وَّهٰذَا بَعْلِیْ شَیْخًا ؕ— اِنَّ هٰذَا لَشَیْءٌ عَجِیْبٌ ۟

७२) तिनले भनिन्ः मलाई अफसोचको कुरा छ ! के मैले बच्चा जन्म दिनेछु ? म त बृद्धा हूँ र यिनी मेरो पति पनि बृद्ध छन् । यो त साह्रै आश्चर्य लाग्दो कुरा हो । info
التفاسير:

external-link copy
73 : 11

قَالُوْۤا اَتَعْجَبِیْنَ مِنْ اَمْرِ اللّٰهِ رَحْمَتُ اللّٰهِ وَبَرَكٰتُهٗ عَلَیْكُمْ اَهْلَ الْبَیْتِ ؕ— اِنَّهٗ حَمِیْدٌ مَّجِیْدٌ ۟

७३) तिनीहरूले भनेः, ‘‘के तिमीलाई अल्लाहको इच्छामा आश्चर्य लाग्दछ ?’’ हे यस घरका मानिसहरू ! तिमीमाथि अल्लाहको कृपा र उसका वरदानहरू छन् । त्यो प्रशंसाको योग्य र गौरवपूर्ण छ । info
التفاسير:

external-link copy
74 : 11

فَلَمَّا ذَهَبَ عَنْ اِبْرٰهِیْمَ الرَّوْعُ وَجَآءَتْهُ الْبُشْرٰی یُجَادِلُنَا فِیْ قَوْمِ لُوْطٍ ۟ؕ

७४) जब इब्राहीमको हृदयबाट डर समाप्त भयो र उनलाई शुभसन्देश पनि प्राप्त भइहाल्यो त ‘‘लूतको’’ कौमको बारेमा हामीसित कुराकानी गर्नथाले । info
التفاسير:

external-link copy
75 : 11

اِنَّ اِبْرٰهِیْمَ لَحَلِیْمٌ اَوَّاهٌ مُّنِیْبٌ ۟

७५) निःसन्देह इब्राहीम निकै धैर्यधारी, दयावान र (अल्लाहतर्फ) अति झुक्नेवाला थिए । info
التفاسير:

external-link copy
76 : 11

یٰۤاِبْرٰهِیْمُ اَعْرِضْ عَنْ هٰذَا ۚ— اِنَّهٗ قَدْ جَآءَ اَمْرُ رَبِّكَ ۚ— وَاِنَّهُمْ اٰتِیْهِمْ عَذَابٌ غَیْرُ مَرْدُوْدٍ ۟

७६) हे इब्राहीम यस कुरामा नलाग । तिम्रो पालनकर्ताको आदेश आइपुगेको छ । र निःसन्देह तिनीहरूमाथि नहट्ने दण्ड आउनेछ । info
التفاسير:

external-link copy
77 : 11

وَلَمَّا جَآءَتْ رُسُلُنَا لُوْطًا سِیْٓءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَّقَالَ هٰذَا یَوْمٌ عَصِیْبٌ ۟

७७) जब हाम्रा फरिश्ताहरू (स्वर्गदूतहरू) ‘‘लूतको’’ छेउमा पुगे त उनी त्यसबाट धेरै दुःखी भए र मनैमनमा असजिलो मान्दै भन्न थाले कि आजको दिन बडो गाह्रो दिन छ । info
التفاسير:

external-link copy
78 : 11

وَجَآءَهٗ قَوْمُهٗ یُهْرَعُوْنَ اِلَیْهِ ؕ— وَمِنْ قَبْلُ كَانُوْا یَعْمَلُوْنَ السَّیِّاٰتِ ؕ— قَالَ یٰقَوْمِ هٰۤؤُلَآءِ بَنَاتِیْ هُنَّ اَطْهَرُ لَكُمْ فَاتَّقُوا اللّٰهَ وَلَا تُخْزُوْنِ فِیْ ضَیْفِیْ ؕ— اَلَیْسَ مِنْكُمْ رَجُلٌ رَّشِیْدٌ ۟

७८) र लूतको कौमका मानिसहरू उनीतर्फ दौडेर आए । र यिनीहरू अघिदेखिनै अश्लीलकर्म गर्ने गर्थे । लूतले भनेः ‘‘कि हे मेरो कौमका मानिसहरू यी मेरी छोरीहरू हुन् जो तिम्रा निम्ति पवित्र छिन्, तसर्थ अल्लाहसित डर र मेरा पाहुनाहरूको बारेमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि भलो मान्छे छैन ? info
التفاسير:

external-link copy
79 : 11

قَالُوْا لَقَدْ عَلِمْتَ مَا لَنَا فِیْ بَنَاتِكَ مِنْ حَقٍّ ۚ— وَاِنَّكَ لَتَعْلَمُ مَا نُرِیْدُ ۟

७९) तिनीहरूले भनेः, ‘‘तिमीलाई राम्ररी थाहा छ कि हामीलाई तिम्रो छोरीहरूको कुनै हक–अधिकार छैन, र जुन हाम्रो वास्तविक उद्देश्य छ त्यससित तिमी राम्ररी अवगत छौ ।’’ info
التفاسير:

external-link copy
80 : 11

قَالَ لَوْ اَنَّ لِیْ بِكُمْ قُوَّةً اَوْ اٰوِیْۤ اِلٰی رُكْنٍ شَدِیْدٍ ۟

८०) लूतले भनेः काश ! ममा तिमीसँग मुकाबिला गर्ने शक्ति भइदिए अथवा मैले कुनै बलियोको शरणमा भइदिएको भए (राम्रो हुने थियो) । info
التفاسير:

external-link copy
81 : 11

قَالُوْا یٰلُوْطُ اِنَّا رُسُلُ رَبِّكَ لَنْ یَّصِلُوْۤا اِلَیْكَ فَاَسْرِ بِاَهْلِكَ بِقِطْعٍ مِّنَ الَّیْلِ وَلَا یَلْتَفِتْ مِنْكُمْ اَحَدٌ اِلَّا امْرَاَتَكَ ؕ— اِنَّهٗ مُصِیْبُهَا مَاۤ اَصَابَهُمْ ؕ— اِنَّ مَوْعِدَهُمُ الصُّبْحُ ؕ— اَلَیْسَ الصُّبْحُ بِقَرِیْبٍ ۟

८१) अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्नो घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्नेछ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’ info
التفاسير: