ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

ߞߐߜߍ ߝߙߍߕߍ:close

external-link copy
13 : 36

وَاضْرِبْ لَهُمْ مَّثَلًا اَصْحٰبَ الْقَرْیَةِ ۘ— اِذْ جَآءَهَا الْمُرْسَلُوْنَ ۟ۚ

१३) र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनीहरूको पासमा (अनेकौ) पैगम्बर आए । info
التفاسير:

external-link copy
14 : 36

اِذْ اَرْسَلْنَاۤ اِلَیْهِمُ اثْنَیْنِ فَكَذَّبُوْهُمَا فَعَزَّزْنَا بِثَالِثٍ فَقَالُوْۤا اِنَّاۤ اِلَیْكُمْ مُّرْسَلُوْنَ ۟

१४) जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’ info
التفاسير:

external-link copy
15 : 36

قَالُوْا مَاۤ اَنْتُمْ اِلَّا بَشَرٌ مِّثْلُنَا ۙ— وَمَاۤ اَنْزَلَ الرَّحْمٰنُ مِنْ شَیْءٍ ۙ— اِنْ اَنْتُمْ اِلَّا تَكْذِبُوْنَ ۟

१५) उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’ info
التفاسير:

external-link copy
16 : 36

قَالُوْا رَبُّنَا یَعْلَمُ اِنَّاۤ اِلَیْكُمْ لَمُرْسَلُوْنَ ۟

१६) ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीहरूतिर पठाइएका हौं । info
التفاسير:

external-link copy
17 : 36

وَمَا عَلَیْنَاۤ اِلَّا الْبَلٰغُ الْمُبِیْنُ ۟

१७) र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो । info
التفاسير:

external-link copy
18 : 36

قَالُوْۤا اِنَّا تَطَیَّرْنَا بِكُمْ ۚ— لَىِٕنْ لَّمْ تَنْتَهُوْا لَنَرْجُمَنَّكُمْ وَلَیَمَسَّنَّكُمْ مِّنَّا عَذَابٌ اَلِیْمٌ ۟

१८) उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन (अपशगुन) मान्यौं अतः तिमीहरूले मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ । info
التفاسير:

external-link copy
19 : 36

قَالُوْا طَآىِٕرُكُمْ مَّعَكُمْ ؕ— اَىِٕنْ ذُكِّرْتُمْ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ مُّسْرِفُوْنَ ۟

१९) ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी उपदेश दिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ । info
التفاسير:

external-link copy
20 : 36

وَجَآءَ مِنْ اَقْصَا الْمَدِیْنَةِ رَجُلٌ یَّسْعٰی ؗ— قَالَ یٰقَوْمِ اتَّبِعُوا الْمُرْسَلِیْنَ ۟ۙ

२०) (यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’ info
التفاسير:

external-link copy
21 : 36

اتَّبِعُوْا مَنْ لَّا یَسْـَٔلُكُمْ اَجْرًا وَّهُمْ مُّهْتَدُوْنَ ۟

२१) यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् । info
التفاسير:

external-link copy
22 : 36

وَمَا لِیَ لَاۤ اَعْبُدُ الَّذِیْ فَطَرَنِیْ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟

२२) ‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’ info
التفاسير:

external-link copy
23 : 36

ءَاَتَّخِذُ مِنْ دُوْنِهٖۤ اٰلِهَةً اِنْ یُّرِدْنِ الرَّحْمٰنُ بِضُرٍّ لَّا تُغْنِ عَنِّیْ شَفَاعَتُهُمْ شَیْـًٔا وَّلَا یُنْقِذُوْنِ ۟ۚ

२३) के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् । info
التفاسير:

external-link copy
24 : 36

اِنِّیْۤ اِذًا لَّفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟

२४) अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु । info
التفاسير:

external-link copy
25 : 36

اِنِّیْۤ اٰمَنْتُ بِرَبِّكُمْ فَاسْمَعُوْنِ ۟ؕ

२५) म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याएँ, अतः मेरो कुरा सुन ।’’ info
التفاسير:

external-link copy
26 : 36

قِیْلَ ادْخُلِ الْجَنَّةَ ؕ— قَالَ یٰلَیْتَ قَوْمِیْ یَعْلَمُوْنَ ۟ۙ

२६) आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश (हाय) ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए, info
التفاسير:

external-link copy
27 : 36

بِمَا غَفَرَ لِیْ رَبِّیْ وَجَعَلَنِیْ مِنَ الْمُكْرَمِیْنَ ۟

२७) कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’ info
التفاسير: