पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस ।

यूसुफ

external-link copy
1 : 12

الٓرٰ ۫— تِلْكَ اٰیٰتُ الْكِتٰبِ الْمُبِیْنِ ۟۫

१) अलिफ–लाम–रा, यो स्पष्ट ग्रन्थका आयतहरू (श्लोकहरू) हुन् । info
التفاسير:

external-link copy
2 : 12

اِنَّاۤ اَنْزَلْنٰهُ قُرْءٰنًا عَرَبِیًّا لَّعَلَّكُمْ تَعْقِلُوْنَ ۟

२) निःसन्देह हामीले यस कुरआनलाई अरबीमा उतारेका छौं ताकि तिमीले बुझ्न सक । info
التفاسير:

external-link copy
3 : 12

نَحْنُ نَقُصُّ عَلَیْكَ اَحْسَنَ الْقَصَصِ بِمَاۤ اَوْحَیْنَاۤ اِلَیْكَ هٰذَا الْقُرْاٰنَ ۖۗ— وَاِنْ كُنْتَ مِنْ قَبْلِهٖ لَمِنَ الْغٰفِلِیْنَ ۟

३) हामी तपाई सामु सर्वोत्कृष्ट बृतान्त प्रस्तुत गर्दछौं, यस कारण कि हामीले तपाईतिर यो कुरआन वह्यको माध्यमबाट उतारेका छौं र निःसन्देह यसभन्दा अगाडि तपाई अज्ञानहरूमध्येका हुनुहुन्थ्यो । info
التفاسير:

external-link copy
4 : 12

اِذْ قَالَ یُوْسُفُ لِاَبِیْهِ یٰۤاَبَتِ اِنِّیْ رَاَیْتُ اَحَدَ عَشَرَ كَوْكَبًا وَّالشَّمْسَ وَالْقَمَرَ رَاَیْتُهُمْ لِیْ سٰجِدِیْنَ ۟

४) जब यूसुफले आफ्नो पितासँग भने कि बुबा ! मैले (सपनामा) एघारा ताराहरू, र सूर्य र चन्द्र देखेको छु कि तिनीहरूले मलाई ढोगिराखेका छन् । info
التفاسير: