വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
14 : 9

قَاتِلُوْهُمْ یُعَذِّبْهُمُ اللّٰهُ بِاَیْدِیْكُمْ وَیُخْزِهِمْ وَیَنْصُرْكُمْ عَلَیْهِمْ وَیَشْفِ صُدُوْرَ قَوْمٍ مُّؤْمِنِیْنَ ۟ۙ

१४) उनीहरूसित तिमी युद्ध गर । अल्लाहले तिम्रो हातबाट उनीहरूलाई यातना दिनेछ, र उनीहरूलाई निराश र अपमानित गर्नेछ । र उनीहरूको मुकाबिलामा उसले तिम्रो सहायता गर्नेछ, र ईमानवालारुको हृदयलाई शीतल गर्नेछ । info
التفاسير:

external-link copy
15 : 9

وَیُذْهِبْ غَیْظَ قُلُوْبِهِمْ ؕ— وَیَتُوْبُ اللّٰهُ عَلٰی مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟

१५) र उनीहरूका हृदयको दुःख र क्रोध हटाउनेछ र अल्लाह जसलाई चाहन्छ त्यसमाथि दयादृष्टि राख्दछ । र अल्लाह सर्वज्ञाता, तत्वदर्शी छ । info
التفاسير:

external-link copy
16 : 9

اَمْ حَسِبْتُمْ اَنْ تُتْرَكُوْا وَلَمَّا یَعْلَمِ اللّٰهُ الَّذِیْنَ جٰهَدُوْا مِنْكُمْ وَلَمْ یَتَّخِذُوْا مِنْ دُوْنِ اللّٰهِ وَلَا رَسُوْلِهٖ وَلَا الْمُؤْمِنِیْنَ وَلِیْجَةً ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠

१६) के तिमीले यो भन्नठान्दछौ कि तिमी छाडिदिइनेछौ ?, हुन त अल्लाहले अहिलेसम्म तिमीमध्ये तिनीहरूलाई प्रतिष्ठित बनाएको छैन, जो मुजाहिद (धर्मयुद्ध गर्ने व्यक्ति) छन् र जसले अल्लाह, उसको रसूल र मोमिन्हरू बाहेक कसैलाई घनिष्ट मित्र बनाएन । र अल्लाह तिम्रा ती सम्पूर्ण क्रियाकलापबारे जान्दछ जुन तिमी गरिरहेका छौ । info
التفاسير:

external-link copy
17 : 9

مَا كَانَ لِلْمُشْرِكِیْنَ اَنْ یَّعْمُرُوْا مَسٰجِدَ اللّٰهِ شٰهِدِیْنَ عَلٰۤی اَنْفُسِهِمْ بِالْكُفْرِ ؕ— اُولٰٓىِٕكَ حَبِطَتْ اَعْمَالُهُمْ ۖۚ— وَفِی النَّارِ هُمْ خٰلِدُوْنَ ۟

१७) यो उचित छैन कि मुश्रिकहरू अल्लाहका मस्जिदहरूलाई आबाद गरुन् किनभने उनीहरू स्वयं आफ्नै बिरुद्ध कुफ्रको साक्षी भइराखेका छन्, उनीहरूका सबै कर्म बर्बाद र निरर्थक छन् । र उनीहरू स्थाई रूपमा नर्कबासी हुन् । info
التفاسير:

external-link copy
18 : 9

اِنَّمَا یَعْمُرُ مَسٰجِدَ اللّٰهِ مَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَاَقَامَ الصَّلٰوةَ وَاٰتَی الزَّكٰوةَ وَلَمْ یَخْشَ اِلَّا اللّٰهَ ۫— فَعَسٰۤی اُولٰٓىِٕكَ اَنْ یَّكُوْنُوْا مِنَ الْمُهْتَدِیْنَ ۟

१८) अल्लाहका मस्जिदहरूको शान र आबादी त उनीहरूको भागमा परेको छ जो अल्लाह र अन्तिम दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्दछन् र जकात दिन्छन् र अल्लाह बाहेक कसैसित डराउँदैनन् । अतः आशा छ यिनै मानिसहरू निश्चय नै सोझो मार्ग पाउनेवाला छन् । info
التفاسير:

external-link copy
19 : 9

اَجَعَلْتُمْ سِقَایَةَ الْحَآجِّ وَعِمَارَةَ الْمَسْجِدِ الْحَرَامِ كَمَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَجٰهَدَ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— لَا یَسْتَوٗنَ عِنْدَ اللّٰهِ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟ۘ

१९) के तिमीले हाजीहरूलाई पानी खुवाउनु र मस्जिदे हरामको सेवा गर्नुलाई अल्लाह र अन्तिम दिनमाथि ईमान र अल्लाहको मार्गमा युद्ध गर्नेहरूका समान ठानेका छौ यो अल्लाहको नजिक एक समान छैनन् र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन । info
التفاسير:

external-link copy
20 : 9

اَلَّذِیْنَ اٰمَنُوْا وَهَاجَرُوْا وَجٰهَدُوْا فِیْ سَبِیْلِ اللّٰهِ بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ۙ— اَعْظَمُ دَرَجَةً عِنْدَ اللّٰهِ ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْفَآىِٕزُوْنَ ۟

२०) जुन मानिसहरूले ईमान ल्याए, प्रवास गरे, र अल्लाहको मार्गमा आफ्नो माल र ज्यानले जिहाद गरे, अल्लाहकहाँ तिनीहरूको ओहदा धेरै ठूलो छ, ती नै सफलता प्राप्त गर्नेवाला हुन् । info
التفاسير: