വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

इन्शिकाक

external-link copy
1 : 84

اِذَا السَّمَآءُ انْشَقَّتْ ۟ۙ

१) जब आकाश छिया–छिया भएर चर्किनेछ । info
التفاسير:

external-link copy
2 : 84

وَاَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۟ۙ

२) र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो । info
التفاسير:

external-link copy
3 : 84

وَاِذَا الْاَرْضُ مُدَّتْ ۟ؕ

३) र जब धरतीलाई समतल पारिनेछ । info
التفاسير:

external-link copy
4 : 84

وَاَلْقَتْ مَا فِیْهَا وَتَخَلَّتْ ۟ۙ

४) र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ । info
التفاسير:

external-link copy
5 : 84

وَاَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۟ؕ

५) र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ । info
التفاسير:

external-link copy
6 : 84

یٰۤاَیُّهَا الْاِنْسَانُ اِنَّكَ كَادِحٌ اِلٰی رَبِّكَ كَدْحًا فَمُلٰقِیْهِ ۟ۚ

६) हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेटने छौ । info
التفاسير:

external-link copy
7 : 84

فَاَمَّا مَنْ اُوْتِیَ كِتٰبَهٗ بِیَمِیْنِهٖ ۟ۙ

७) अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ । info
التفاسير:

external-link copy
8 : 84

فَسَوْفَ یُحَاسَبُ حِسَابًا یَّسِیْرًا ۟ۙ

८) त ऊसित सरलताको साथ हिसाब लिइनेछ । info
التفاسير:

external-link copy
9 : 84

وَّیَنْقَلِبُ اِلٰۤی اَهْلِهٖ مَسْرُوْرًا ۟ؕ

९) र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ । info
التفاسير:

external-link copy
10 : 84

وَاَمَّا مَنْ اُوْتِیَ كِتٰبَهٗ وَرَآءَ ظَهْرِهٖ ۟ۙ

१०) र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ । info
التفاسير:

external-link copy
11 : 84

فَسَوْفَ یَدْعُوْا ثُبُوْرًا ۟ۙ

११) त त्यसले मृत्युलाई पुकार्ने छ । info
التفاسير:

external-link copy
12 : 84

وَّیَصْلٰی سَعِیْرًا ۟ؕ

१२) र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ । info
التفاسير:

external-link copy
13 : 84

اِنَّهٗ كَانَ فِیْۤ اَهْلِهٖ مَسْرُوْرًا ۟ؕ

१३) त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो । info
التفاسير:

external-link copy
14 : 84

اِنَّهٗ ظَنَّ اَنْ لَّنْ یَّحُوْرَ ۟ۚۛ

१४) र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन । info
التفاسير:

external-link copy
15 : 84

بَلٰۤی ۛۚ— اِنَّ رَبَّهٗ كَانَ بِهٖ بَصِیْرًا ۟ؕ

१५) हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो । info
التفاسير:

external-link copy
16 : 84

فَلَاۤ اُقْسِمُ بِالشَّفَقِ ۟ۙ

१६) मलाई कसम छ डुब्ने बेलाको प्रकाशको (लालीको) । info
التفاسير:

external-link copy
17 : 84

وَالَّیْلِ وَمَا وَسَقَ ۟ۙ

१७) र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम । info
التفاسير:

external-link copy
18 : 84

وَالْقَمَرِ اِذَا اتَّسَقَ ۟ۙ

१८) र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ । info
التفاسير:

external-link copy
19 : 84

لَتَرْكَبُنَّ طَبَقًا عَنْ طَبَقٍ ۟ؕ

१९) कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ । info
التفاسير:

external-link copy
20 : 84

فَمَا لَهُمْ لَا یُؤْمِنُوْنَ ۟ۙ

२०) त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् । info
التفاسير:

external-link copy
21 : 84

وَاِذَا قُرِئَ عَلَیْهِمُ الْقُرْاٰنُ لَا یَسْجُدُوْنَ ۟

२१) र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सज्दा) गर्दैनन् । info
التفاسير:

external-link copy
22 : 84

بَلِ الَّذِیْنَ كَفَرُوْا یُكَذِّبُوْنَ ۟ؗۖ

२२) बरु काफिरहरूले झुठ्लाउँछन् । info
التفاسير:

external-link copy
23 : 84

وَاللّٰهُ اَعْلَمُ بِمَا یُوْعُوْنَ ۟ؗۖ

२३) यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
24 : 84

فَبَشِّرْهُمْ بِعَذَابٍ اَلِیْمٍ ۟ۙ

२४) तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदेऊ । info
التفاسير:

external-link copy
25 : 84

اِلَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَهُمْ اَجْرٌ غَیْرُ مَمْنُوْنٍ ۟۠

२५) हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ । info
التفاسير: