വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

मुहम्मद

external-link copy
1 : 47

اَلَّذِیْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ اَضَلَّ اَعْمَالَهُمْ ۟

१) जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो । info
التفاسير:

external-link copy
2 : 47

وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاٰمَنُوْا بِمَا نُزِّلَ عَلٰی مُحَمَّدٍ وَّهُوَ الْحَقُّ مِنْ رَّبِّهِمْ ۙ— كَفَّرَ عَنْهُمْ سَیِّاٰتِهِمْ وَاَصْلَحَ بَالَهُمْ ۟

२) र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो । info
التفاسير:

external-link copy
3 : 47

ذٰلِكَ بِاَنَّ الَّذِیْنَ كَفَرُوا اتَّبَعُوا الْبَاطِلَ وَاَنَّ الَّذِیْنَ اٰمَنُوا اتَّبَعُوا الْحَقَّ مِنْ رَّبِّهِمْ ؕ— كَذٰلِكَ یَضْرِبُ اللّٰهُ لِلنَّاسِ اَمْثَالَهُمْ ۟

३) यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ । info
التفاسير:

external-link copy
4 : 47

فَاِذَا لَقِیْتُمُ الَّذِیْنَ كَفَرُوْا فَضَرْبَ الرِّقَابِ ؕ— حَتّٰۤی اِذَاۤ اَثْخَنْتُمُوْهُمْ فَشُدُّوا الْوَثَاقَ ۙ— فَاِمَّا مَنًّا بَعْدُ وَاِمَّا فِدَآءً حَتّٰی تَضَعَ الْحَرْبُ اَوْزَارَهَا— ذٰلِكَ ۛؕ— وَلَوْ یَشَآءُ اللّٰهُ لَانْتَصَرَ مِنْهُمْ ۙ— وَلٰكِنْ لِّیَبْلُوَاۡ بَعْضَكُمْ بِبَعْضٍ ؕ— وَالَّذِیْنَ قُتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ فَلَنْ یُّضِلَّ اَعْمَالَهُمْ ۟

४) अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन । info
التفاسير:

external-link copy
5 : 47

سَیَهْدِیْهِمْ وَیُصْلِحُ بَالَهُمْ ۟ۚ

५) उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ । info
التفاسير:

external-link copy
6 : 47

وَیُدْخِلُهُمُ الْجَنَّةَ عَرَّفَهَا لَهُمْ ۟

६) र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ । info
التفاسير:

external-link copy
7 : 47

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تَنْصُرُوا اللّٰهَ یَنْصُرْكُمْ وَیُثَبِّتْ اَقْدَامَكُمْ ۟

७) हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ । info
التفاسير:

external-link copy
8 : 47

وَالَّذِیْنَ كَفَرُوْا فَتَعْسًا لَّهُمْ وَاَضَلَّ اَعْمَالَهُمْ ۟

८) र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ । info
التفاسير:

external-link copy
9 : 47

ذٰلِكَ بِاَنَّهُمْ كَرِهُوْا مَاۤ اَنْزَلَ اللّٰهُ فَاَحْبَطَ اَعْمَالَهُمْ ۟

९) यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो । info
التفاسير:

external-link copy
10 : 47

اَفَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— دَمَّرَ اللّٰهُ عَلَیْهِمْ ؗ— وَلِلْكٰفِرِیْنَ اَمْثَالُهَا ۟

१०) के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ । info
التفاسير:

external-link copy
11 : 47

ذٰلِكَ بِاَنَّ اللّٰهَ مَوْلَی الَّذِیْنَ اٰمَنُوْا وَاَنَّ الْكٰفِرِیْنَ لَا مَوْلٰی لَهُمْ ۟۠

११) यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन । info
التفاسير: