വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
21 : 41

وَقَالُوْا لِجُلُوْدِهِمْ لِمَ شَهِدْتُّمْ عَلَیْنَا ؕ— قَالُوْۤا اَنْطَقَنَا اللّٰهُ الَّذِیْۤ اَنْطَقَ كُلَّ شَیْءٍ وَّهُوَ خَلَقَكُمْ اَوَّلَ مَرَّةٍ وَّاِلَیْهِ تُرْجَعُوْنَ ۟

२१) उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र तिमीलाई उसैतर्फ फर्केर जानु पर्नेछ । info
التفاسير:

external-link copy
22 : 41

وَمَا كُنْتُمْ تَسْتَتِرُوْنَ اَنْ یَّشْهَدَ عَلَیْكُمْ سَمْعُكُمْ وَلَاۤ اَبْصَارُكُمْ وَلَا جُلُوْدُكُمْ وَلٰكِنْ ظَنَنْتُمْ اَنَّ اللّٰهَ لَا یَعْلَمُ كَثِیْرًا مِّمَّا تَعْمَلُوْنَ ۟

२२) र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन । info
التفاسير:

external-link copy
23 : 41

وَذٰلِكُمْ ظَنُّكُمُ الَّذِیْ ظَنَنْتُمْ بِرَبِّكُمْ اَرْدٰىكُمْ فَاَصْبَحْتُمْ مِّنَ الْخٰسِرِیْنَ ۟

२३) र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ । info
التفاسير:

external-link copy
24 : 41

فَاِنْ یَّصْبِرُوْا فَالنَّارُ مَثْوًی لَّهُمْ ؕ— وَاِنْ یَّسْتَعْتِبُوْا فَمَا هُمْ مِّنَ الْمُعْتَبِیْنَ ۟

२४) अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन । info
التفاسير:

external-link copy
25 : 41

وَقَیَّضْنَا لَهُمْ قُرَنَآءَ فَزَیَّنُوْا لَهُمْ مَّا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَحَقَّ عَلَیْهِمُ الْقَوْلُ فِیْۤ اُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِهِمْ مِّنَ الْجِنِّ وَالْاِنْسِ ۚ— اِنَّهُمْ كَانُوْا خٰسِرِیْنَ ۟۠

२५) र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए । info
التفاسير:

external-link copy
26 : 41

وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَا تَسْمَعُوْا لِهٰذَا الْقُرْاٰنِ وَالْغَوْا فِیْهِ لَعَلَّكُمْ تَغْلِبُوْنَ ۟

२६) र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ । info
التفاسير:

external-link copy
27 : 41

فَلَنُذِیْقَنَّ الَّذِیْنَ كَفَرُوْا عَذَابًا شَدِیْدًا وَّلَنَجْزِیَنَّهُمْ اَسْوَاَ الَّذِیْ كَانُوْا یَعْمَلُوْنَ ۟

२७) तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं । info
التفاسير:

external-link copy
28 : 41

ذٰلِكَ جَزَآءُ اَعْدَآءِ اللّٰهِ النَّارُ ۚ— لَهُمْ فِیْهَا دَارُ الْخُلْدِ ؕ— جَزَآءً بِمَا كَانُوْا بِاٰیٰتِنَا یَجْحَدُوْنَ ۟

२८) अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो । info
التفاسير:

external-link copy
29 : 41

وَقَالَ الَّذِیْنَ كَفَرُوْا رَبَّنَاۤ اَرِنَا الَّذَیْنِ اَضَلّٰنَا مِنَ الْجِنِّ وَالْاِنْسِ نَجْعَلْهُمَا تَحْتَ اَقْدَامِنَا لِیَكُوْنَا مِنَ الْاَسْفَلِیْنَ ۟

२९) र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्नो खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’ info
التفاسير: