വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
27 : 38

وَمَا خَلَقْنَا السَّمَآءَ وَالْاَرْضَ وَمَا بَیْنَهُمَا بَاطِلًا ؕ— ذٰلِكَ ظَنُّ الَّذِیْنَ كَفَرُوْا ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنَ النَّارِ ۟ؕ

२७) र हामीले आकाश र धरतीलाई तथा जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ । info
التفاسير:

external-link copy
28 : 38

اَمْ نَجْعَلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ كَالْمُفْسِدِیْنَ فِی الْاَرْضِ ؗ— اَمْ نَجْعَلُ الْمُتَّقِیْنَ كَالْفُجَّارِ ۟

२८) जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं ? info
التفاسير:

external-link copy
29 : 38

كِتٰبٌ اَنْزَلْنٰهُ اِلَیْكَ مُبٰرَكٌ لِّیَدَّبَّرُوْۤا اٰیٰتِهٖ وَلِیَتَذَكَّرَ اُولُوا الْاَلْبَابِ ۟

२९) (यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिविवेकवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् । info
التفاسير:

external-link copy
30 : 38

وَوَهَبْنَا لِدَاوٗدَ سُلَیْمٰنَ ؕ— نِعْمَ الْعَبْدُ ؕ— اِنَّهٗۤ اَوَّابٌ ۟ؕ

३०) र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए । info
التفاسير:

external-link copy
31 : 38

اِذْ عُرِضَ عَلَیْهِ بِالْعَشِیِّ الصّٰفِنٰتُ الْجِیَادُ ۟ۙ

३१) (स्मरण गर) जब सन्ध्या (साँझ) को समयमा उनको अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए । info
التفاسير:

external-link copy
32 : 38

فَقَالَ اِنِّیْۤ اَحْبَبْتُ حُبَّ الْخَیْرِ عَنْ ذِكْرِ رَبِّیْ ۚ— حَتّٰی تَوَارَتْ بِالْحِجَابِ ۟۫

३२) तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो । info
التفاسير:

external-link copy
33 : 38

رُدُّوْهَا عَلَیَّ ؕ— فَطَفِقَ مَسْحًا بِالسُّوْقِ وَالْاَعْنَاقِ ۟

३३) (भने कि) ‘‘उनीहरूलाई मेरो नजिक ल्याऊ ।’’ अनि उनीहरूको पिंडौला र गर्दनमा हातले मुसार्न थाले । info
التفاسير:

external-link copy
34 : 38

وَلَقَدْ فَتَنَّا سُلَیْمٰنَ وَاَلْقَیْنَا عَلٰی كُرْسِیِّهٖ جَسَدًا ثُمَّ اَنَابَ ۟

३४) र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए र पश्चाताप गरे । info
التفاسير:

external-link copy
35 : 38

قَالَ رَبِّ اغْفِرْ لِیْ وَهَبْ لِیْ مُلْكًا لَّا یَنْۢبَغِیْ لِاَحَدٍ مِّنْ بَعْدِیْ ۚ— اِنَّكَ اَنْتَ الْوَهَّابُ ۟

३५) उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’ info
التفاسير:

external-link copy
36 : 38

فَسَخَّرْنَا لَهُ الرِّیْحَ تَجْرِیْ بِاَمْرِهٖ رُخَآءً حَیْثُ اَصَابَ ۟ۙ

३६) तब हामीले वायुलाई उनको अधीन गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो । info
التفاسير:

external-link copy
37 : 38

وَالشَّیٰطِیْنَ كُلَّ بَنَّآءٍ وَّغَوَّاصٍ ۟ۙ

३७) र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबुल्की लगाउनेवाला) लाई । info
التفاسير:

external-link copy
38 : 38

وَّاٰخَرِیْنَ مُقَرَّنِیْنَ فِی الْاَصْفَادِ ۟

३८) र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए । info
التفاسير:

external-link copy
39 : 38

هٰذَا عَطَآؤُنَا فَامْنُنْ اَوْ اَمْسِكْ بِغَیْرِ حِسَابٍ ۟

३९) (हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश (अपार वरदान) हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’ info
التفاسير:

external-link copy
40 : 38

وَاِنَّ لَهٗ عِنْدَنَا لَزُلْفٰی وَحُسْنَ مَاٰبٍ ۟۠

४०) र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम बासस्थान छ । info
التفاسير:

external-link copy
41 : 38

وَاذْكُرْ عَبْدَنَاۤ اَیُّوْبَ ۘ— اِذْ نَادٰی رَبَّهٗۤ اَنِّیْ مَسَّنِیَ الشَّیْطٰنُ بِنُصْبٍ وَّعَذَابٍ ۟ؕ

४१) र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उनले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा दिएको छ ।’’ info
التفاسير:

external-link copy
42 : 38

اُرْكُضْ بِرِجْلِكَ ۚ— هٰذَا مُغْتَسَلٌۢ بَارِدٌ وَّشَرَابٌ ۟

४२) (हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’ info
التفاسير: