വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

मरयम

external-link copy
1 : 19

كٓهٰیٰعٓصٓ ۟

१) काफ–हा–या–ऐन–स्वाद । info
التفاسير:

external-link copy
2 : 19

ذِكْرُ رَحْمَتِ رَبِّكَ عَبْدَهٗ زَكَرِیَّا ۟ۖۚ

२) यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो । info
التفاسير:

external-link copy
3 : 19

اِذْ نَادٰی رَبَّهٗ نِدَآءً خَفِیًّا ۟

३) जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो । info
التفاسير:

external-link copy
4 : 19

قَالَ رَبِّ اِنِّیْ وَهَنَ الْعَظْمُ مِنِّیْ وَاشْتَعَلَ الرَّاْسُ شَیْبًا وَّلَمْ اَكُنْ بِدُعَآىِٕكَ رَبِّ شَقِیًّا ۟

४) कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन । info
التفاسير:

external-link copy
5 : 19

وَاِنِّیْ خِفْتُ الْمَوَالِیَ مِنْ وَّرَآءِیْ وَكَانَتِ امْرَاَتِیْ عَاقِرًا فَهَبْ لِیْ مِنْ لَّدُنْكَ وَلِیًّا ۟ۙ

५) मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर । info
التفاسير:

external-link copy
6 : 19

یَّرِثُنِیْ وَیَرِثُ مِنْ اٰلِ یَعْقُوْبَ ۗ— وَاجْعَلْهُ رَبِّ رَضِیًّا ۟

६) जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ । info
التفاسير:

external-link copy
7 : 19

یٰزَكَرِیَّاۤ اِنَّا نُبَشِّرُكَ بِغُلٰمِ ١سْمُهٗ یَحْیٰی ۙ— لَمْ نَجْعَلْ لَّهٗ مِنْ قَبْلُ سَمِیًّا ۟

७) हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं । info
التفاسير:

external-link copy
8 : 19

قَالَ رَبِّ اَنّٰی یَكُوْنُ لِیْ غُلٰمٌ وَّكَانَتِ امْرَاَتِیْ عَاقِرًا وَّقَدْ بَلَغْتُ مِنَ الْكِبَرِ عِتِیًّا ۟

८) उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरो स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु । info
التفاسير:

external-link copy
9 : 19

قَالَ كَذٰلِكَ ۚ— قَالَ رَبُّكَ هُوَ عَلَیَّ هَیِّنٌ وَّقَدْ خَلَقْتُكَ مِنْ قَبْلُ وَلَمْ تَكُ شَیْـًٔا ۟

९) आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं info
التفاسير:

external-link copy
10 : 19

قَالَ رَبِّ اجْعَلْ لِّیْۤ اٰیَةً ؕ— قَالَ اٰیَتُكَ اَلَّا تُكَلِّمَ النَّاسَ ثَلٰثَ لَیَالٍ سَوِیًّا ۟

१०) भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो नभएपनि कुनै मानिससँग तीन दिनसम्म कुरा नगर्नु । info
التفاسير:

external-link copy
11 : 19

فَخَرَجَ عَلٰی قَوْمِهٖ مِنَ الْمِحْرَابِ فَاَوْحٰۤی اِلَیْهِمْ اَنْ سَبِّحُوْا بُكْرَةً وَّعَشِیًّا ۟

११) तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः (बिहान) र साँझ अल्लाहको गुणगान गर । info
التفاسير: