വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
119 : 16

ثُمَّ اِنَّ رَبَّكَ لِلَّذِیْنَ عَمِلُوا السُّوْٓءَ بِجَهَالَةٍ ثُمَّ تَابُوْا مِنْ بَعْدِ ذٰلِكَ وَاَصْلَحُوْۤا اِنَّ رَبَّكَ مِنْ بَعْدِهَا لَغَفُوْرٌ رَّحِیْمٌ ۟۠

११९) जुन मानिसहरूले अज्ञानतावश नराम्रा काम गरे, अनि प्रायश्चित गर्दछन् र सुध्रन्छन् भने तपाईको पालनकर्ताले उनीहरूलाई क्षमा र कृपा गर्नेवाला छ । info
التفاسير:

external-link copy
120 : 16

اِنَّ اِبْرٰهِیْمَ كَانَ اُمَّةً قَانِتًا لِّلّٰهِ حَنِیْفًا ؕ— وَلَمْ یَكُ مِنَ الْمُشْرِكِیْنَ ۟ۙ

१२०) निःसन्देह इब्राहीम नेतृत्वकर्ता र आदर्श पुरुष अल्लाहप्रति आज्ञाकारी र एकतर्फी निःस्वार्थी थिए, उनी अल्लाहको साथ अरुलाई साझेदार ठह्राउनेमध्येबाट थिएनन् । info
التفاسير:

external-link copy
121 : 16

شَاكِرًا لِّاَنْعُمِهٖ ؕ— اِجْتَبٰىهُ وَهَدٰىهُ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟

१२१) अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो । info
التفاسير:

external-link copy
122 : 16

وَاٰتَیْنٰهُ فِی الدُّنْیَا حَسَنَةً ؕ— وَاِنَّهٗ فِی الْاٰخِرَةِ لَمِنَ الصّٰلِحِیْنَ ۟ؕ

१२२) हामीले उनलाई संसारमा पनि असल कुरा प्रदान गर्यौं र उनी परलोकमा पनि सत्यनिष्ठहरूमा हुनेछन् । info
التفاسير:

external-link copy
123 : 16

ثُمَّ اَوْحَیْنَاۤ اِلَیْكَ اَنِ اتَّبِعْ مِلَّةَ اِبْرٰهِیْمَ حَنِیْفًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟

१२३) फेरि हामीले तपाईतिर सन्देश (वह्य) पठायौं, ताकि तपाईले इब्राहीमको धर्मको अनुशरण गर्नुस्, जुन मुश्रिकहरूमध्ये थिएनन् । info
التفاسير:

external-link copy
124 : 16

اِنَّمَا جُعِلَ السَّبْتُ عَلَی الَّذِیْنَ اخْتَلَفُوْا فِیْهِ ؕ— وَاِنَّ رَبَّكَ لَیَحْكُمُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟

१२४) हप्ताको (शनिवारको) दिनको महानता तिनीहरूको लागि मात्र अनिवार्य गरिएको थियो, जसले त्यसमा विवाद उठाएका थिए । कुरो यो छ कि तपाईको पालनकर्ताले नै कियामतको दिन ती विवादहरूको निरोपण गर्नेछ । info
التفاسير:

external-link copy
125 : 16

اُدْعُ اِلٰی سَبِیْلِ رَبِّكَ بِالْحِكْمَةِ وَالْمَوْعِظَةِ الْحَسَنَةِ وَجَادِلْهُمْ بِالَّتِیْ هِیَ اَحْسَنُ ؕ— اِنَّ رَبَّكَ هُوَ اَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِیْلِهٖ وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟

१२५) (हे पैगम्बर !) मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस् र सधै राम्रो तरिकाले तिनीहरूसित कुरा गर्नुस्, जो उसको बाटोबाट विचलित छन् तपाईको पालनकर्ताले तिनलाई पनि राम्ररी जान्दछ र जो सही मार्गमा हिड्नेहरू छन् उनीहरूलाई पनि राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
126 : 16

وَاِنْ عَاقَبْتُمْ فَعَاقِبُوْا بِمِثْلِ مَا عُوْقِبْتُمْ بِهٖ ؕ— وَلَىِٕنْ صَبَرْتُمْ لَهُوَ خَیْرٌ لِّلصّٰبِرِیْنَ ۟

१२६) र यदि बदला लिन्छौ भने, त्यति मात्र, जति कष्ट तिमीलाई उनीहरूबाट पुगेको छ, र यदि धैर्य गर्छौ भने, त त्यो धैर्य गर्नेहरूको लागि धेरै राम्रो हो । info
التفاسير:

external-link copy
127 : 16

وَاصْبِرْ وَمَا صَبْرُكَ اِلَّا بِاللّٰهِ وَلَا تَحْزَنْ عَلَیْهِمْ وَلَا تَكُ فِیْ ضَیْقٍ مِّمَّا یَمْكُرُوْنَ ۟

१२७) तपाईले धैर्य नै गर्ने भए पनि अल्लाहको मद्दत बिना धैर्य गर्न सक्दैनौ, र उनीहरूको बारेमा दुःखी नहुनु र जुन नराम्रो चाल यिनीहरू चालिराखेछन् त्यसबाट हृदय सानो नगर्नु । info
التفاسير:

external-link copy
128 : 16

اِنَّ اللّٰهَ مَعَ الَّذِیْنَ اتَّقَوْا وَّالَّذِیْنَ هُمْ مُّحْسِنُوْنَ ۟۠

१२८) निश्चित मान कि जो आत्मसंयमी र असल छन्, अल्लाह मात्र उनीसँग छ । info
التفاسير: