ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
7 : 54

خُشَّعًا اَبْصَارُهُمْ یَخْرُجُوْنَ مِنَ الْاَجْدَاثِ كَاَنَّهُمْ جَرَادٌ مُّنْتَشِرٌ ۟ۙ

७) तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् । info
التفاسير:

external-link copy
8 : 54

مُّهْطِعِیْنَ اِلَی الدَّاعِ ؕ— یَقُوْلُ الْكٰفِرُوْنَ هٰذَا یَوْمٌ عَسِرٌ ۟

८) त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ । info
التفاسير:

external-link copy
9 : 54

كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوْحٍ فَكَذَّبُوْا عَبْدَنَا وَقَالُوْا مَجْنُوْنٌ وَّازْدُجِرَ ۟

९) यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए । info
التفاسير:

external-link copy
10 : 54

فَدَعَا رَبَّهٗۤ اَنِّیْ مَغْلُوْبٌ فَانْتَصِرْ ۟

१०) तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर । info
التفاسير:

external-link copy
11 : 54

فَفَتَحْنَاۤ اَبْوَابَ السَّمَآءِ بِمَآءٍ مُّنْهَمِرٍ ۟ؗۖ

११) तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं । info
التفاسير:

external-link copy
12 : 54

وَّفَجَّرْنَا الْاَرْضَ عُیُوْنًا فَالْتَقَی الْمَآءُ عَلٰۤی اَمْرٍ قَدْ قُدِرَ ۟ۚ

१२) र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो । info
التفاسير:

external-link copy
13 : 54

وَحَمَلْنٰهُ عَلٰی ذَاتِ اَلْوَاحٍ وَّدُسُرٍ ۟ۙ

१३) र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गरायौं । info
التفاسير:

external-link copy
14 : 54

تَجْرِیْ بِاَعْیُنِنَا جَزَآءً لِّمَنْ كَانَ كُفِرَ ۟

१४) त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो । info
التفاسير:

external-link copy
15 : 54

وَلَقَدْ تَّرَكْنٰهَاۤ اٰیَةً فَهَلْ مِنْ مُّدَّكِرٍ ۟

१५) र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् । info
التفاسير:

external-link copy
16 : 54

فَكَیْفَ كَانَ عَذَابِیْ وَنُذُرِ ۟

१६) भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो ? info
التفاسير:

external-link copy
17 : 54

وَلَقَدْ یَسَّرْنَا الْقُرْاٰنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُّدَّكِرٍ ۟

१७) र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस् ? info
التفاسير:

external-link copy
18 : 54

كَذَّبَتْ عَادٌ فَكَیْفَ كَانَ عَذَابِیْ وَنُذُرِ ۟

१८) ‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो ? info
التفاسير:

external-link copy
19 : 54

اِنَّاۤ اَرْسَلْنَا عَلَیْهِمْ رِیْحًا صَرْصَرًا فِیْ یَوْمِ نَحْسٍ مُّسْتَمِرٍّ ۟ۙ

१९) हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं । info
التفاسير:

external-link copy
20 : 54

تَنْزِعُ النَّاسَ ۙ— كَاَنَّهُمْ اَعْجَازُ نَخْلٍ مُّنْقَعِرٍ ۟

२०) त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो । info
التفاسير:

external-link copy
21 : 54

فَكَیْفَ كَانَ عَذَابِیْ وَنُذُرِ ۟

२१) त मेरो यातना र तर्साइ कस्तो रह्यो ? info
التفاسير:

external-link copy
22 : 54

وَلَقَدْ یَسَّرْنَا الْقُرْاٰنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُّدَّكِرٍ ۟۠

२२) निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस् ? info
التفاسير:

external-link copy
23 : 54

كَذَّبَتْ ثَمُوْدُ بِالنُّذُرِ ۟

२३) ‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए । info
التفاسير:

external-link copy
24 : 54

فَقَالُوْۤا اَبَشَرًا مِّنَّا وَاحِدًا نَّتَّبِعُهٗۤ ۙ— اِنَّاۤ اِذًا لَّفِیْ ضَلٰلٍ وَّسُعُرٍ ۟

२४) र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं । info
التفاسير:

external-link copy
25 : 54

ءَاُلْقِیَ الذِّكْرُ عَلَیْهِ مِنْ بَیْنِنَا بَلْ هُوَ كَذَّابٌ اَشِرٌ ۟

२५) के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो । info
التفاسير:

external-link copy
26 : 54

سَیَعْلَمُوْنَ غَدًا مَّنِ الْكَذَّابُ الْاَشِرُ ۟

२६) उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो । info
التفاسير:

external-link copy
27 : 54

اِنَّا مُرْسِلُوا النَّاقَةِ فِتْنَةً لَّهُمْ فَارْتَقِبْهُمْ وَاصْطَبِرْ ۟ؗ

२७) निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर । info
التفاسير: