ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
52 : 51

كَذٰلِكَ مَاۤ اَتَی الَّذِیْنَ مِنْ قَبْلِهِمْ مِّنْ رَّسُوْلٍ اِلَّا قَالُوْا سَاحِرٌ اَوْ مَجْنُوْنٌ ۟۫

५२) यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे । info
التفاسير:

external-link copy
53 : 51

اَتَوَاصَوْا بِهٖ ۚ— بَلْ هُمْ قَوْمٌ طَاغُوْنَ ۟ۚ

५३) के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् । info
التفاسير:

external-link copy
54 : 51

فَتَوَلَّ عَنْهُمْ فَمَاۤ اَنْتَ بِمَلُوْمٍ ۟ؗ

५४) तपाई यिनीहरूबाट पन्छिनुस् । तपार्इमाथि दोषारोपण हुनेछैन । info
التفاسير:

external-link copy
55 : 51

وَّذَكِّرْ فَاِنَّ الذِّكْرٰی تَنْفَعُ الْمُؤْمِنِیْنَ ۟

५५) र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले आस्थावानहरूलाई लाभ पुर्याउँछ । info
التفاسير:

external-link copy
56 : 51

وَمَا خَلَقْتُ الْجِنَّ وَالْاِنْسَ اِلَّا لِیَعْبُدُوْنِ ۟

५६) मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् । info
التفاسير:

external-link copy
57 : 51

مَاۤ اُرِیْدُ مِنْهُمْ مِّنْ رِّزْقٍ وَّمَاۤ اُرِیْدُ اَنْ یُّطْعِمُوْنِ ۟

५७) म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् । info
التفاسير:

external-link copy
58 : 51

اِنَّ اللّٰهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِیْنُ ۟

५८) निःसन्देह अल्लाह स्वयं जीविका प्रदान गर्नेवाला अति शक्तिशाली, दृढ छ । info
التفاسير:

external-link copy
59 : 51

فَاِنَّ لِلَّذِیْنَ ظَلَمُوْا ذَنُوْبًا مِّثْلَ ذَنُوْبِ اَصْحٰبِهِمْ فَلَا یَسْتَعْجِلُوْنِ ۟

५९) अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् । info
التفاسير:

external-link copy
60 : 51

فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنْ یَّوْمِهِمُ الَّذِیْ یُوْعَدُوْنَ ۟۠

६०) जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी (सर्वनाश) छ । info
التفاسير: