ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
45 : 42

وَتَرٰىهُمْ یُعْرَضُوْنَ عَلَیْهَا خٰشِعِیْنَ مِنَ الذُّلِّ یَنْظُرُوْنَ مِنْ طَرْفٍ خَفِیٍّ ؕ— وَقَالَ الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ الْخٰسِرِیْنَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ وَاَهْلِیْهِمْ یَوْمَ الْقِیٰمَةِ ؕ— اَلَاۤ اِنَّ الظّٰلِمِیْنَ فِیْ عَذَابٍ مُّقِیْمٍ ۟

४५) र तिमीले उनीहरूलाई देख्नेछौ कि तिनीहरू (नर्कको) सामु ल्याइनेछन्, अपमानका कारण थिचिएका हुनेछन् । र छड्के आँखाले हेरिराखेका हुनेछन् । ईमानवालाहरूले त्यसबेला भन्नेछन् कि निश्चय नै वास्तविक हानिमा पर्नेवाला तिनै हुन् जसले कियामतको दिन स्वयं आफूलाई र आफ्ना मानिसहरूलाई घाटामा पारिदिए ।’’ विश्वास गर ! निश्चय नै अत्याचारीहरू स्थिर रहनेवाला यातनामा छन् । info
التفاسير:

external-link copy
46 : 42

وَمَا كَانَ لَهُمْ مِّنْ اَوْلِیَآءَ یَنْصُرُوْنَهُمْ مِّنْ دُوْنِ اللّٰهِ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ سَبِیْلٍ ۟ؕ

४६) र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहको मुकाबिलामा उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन । info
التفاسير:

external-link copy
47 : 42

اِسْتَجِیْبُوْا لِرَبِّكُمْ مِّنْ قَبْلِ اَنْ یَّاْتِیَ یَوْمٌ لَّا مَرَدَّ لَهٗ مِنَ اللّٰهِ ؕ— مَا لَكُمْ مِّنْ مَّلْجَاٍ یَّوْمَىِٕذٍ وَّمَا لَكُمْ مِّنْ نَّكِیْرٍ ۟

४७) आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ । info
التفاسير:

external-link copy
48 : 42

فَاِنْ اَعْرَضُوْا فَمَاۤ اَرْسَلْنٰكَ عَلَیْهِمْ حَفِیْظًا ؕ— اِنْ عَلَیْكَ اِلَّا الْبَلٰغُ ؕ— وَاِنَّاۤ اِذَاۤ اَذَقْنَا الْاِنْسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا ۚ— وَاِنْ تُصِبْهُمْ سَیِّئَةٌ بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ فَاِنَّ الْاِنْسَانَ كَفُوْرٌ ۟

४८) यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश) पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न हुन पुग्छ । info
التفاسير:

external-link copy
49 : 42

لِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— یَخْلُقُ مَا یَشَآءُ ؕ— یَهَبُ لِمَنْ یَّشَآءُ اِنَاثًا وَّیَهَبُ لِمَنْ یَّشَآءُ الذُّكُوْرَ ۟ۙ

४९) सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ । info
التفاسير:

external-link copy
50 : 42

اَوْ یُزَوِّجُهُمْ ذُكْرَانًا وَّاِنَاثًا ۚ— وَیَجْعَلُ مَنْ یَّشَآءُ عَقِیْمًا ؕ— اِنَّهٗ عَلِیْمٌ قَدِیْرٌ ۟

५०) वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ । info
التفاسير:

external-link copy
51 : 42

وَمَا كَانَ لِبَشَرٍ اَنْ یُّكَلِّمَهُ اللّٰهُ اِلَّا وَحْیًا اَوْ مِنْ وَّرَآئِ حِجَابٍ اَوْ یُرْسِلَ رَسُوْلًا فَیُوْحِیَ بِاِذْنِهٖ مَا یَشَآءُ ؕ— اِنَّهٗ عَلِیٌّ حَكِیْمٌ ۟

५१) कुनै मानिसलाई सम्भव छैन कि ऊ अल्लाहसित कुरा गरोस्, परन्तु वह्य मार्फत वा पर्दा पछाडि़बाट, वा उसको लागि कुनै फरिश्ता पठाओस्, अनि फरिश्ताले अल्लाहको अज्ञाबाट जे चाहन्छ प्रकाशना गर्दछ । निश्चय नै ऊ सर्वोच्च अत्यन्त तत्वदर्शी छ । info
التفاسير: