ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
41 : 40

وَیٰقَوْمِ مَا لِیْۤ اَدْعُوْكُمْ اِلَی النَّجٰوةِ وَتَدْعُوْنَنِیْۤ اِلَی النَّارِ ۟ؕ

४१) हे मेरो समुदाय ! यो कस्तो कुरा छ कि मैले तिमीलाई मुक्तितिर बोलाइरहेको छु, र तिमीले मलाई नर्कतिर बोलाइरहेका छौ । info
التفاسير:

external-link copy
42 : 40

تَدْعُوْنَنِیْ لِاَكْفُرَ بِاللّٰهِ وَاُشْرِكَ بِهٖ مَا لَیْسَ لِیْ بِهٖ عِلْمٌ ؗ— وَّاَنَا اَدْعُوْكُمْ اِلَی الْعَزِیْزِ الْغَفَّارِ ۟

४२) तिमीले मलाई यो आमन्त्रण गर्दैछौ कि म अल्लाहसित कुफ्र गरूँ, र उसको साझेदार ठहराऊँ, जसको बारेमा मलाई केही पनि ज्ञान छैन, र मैले तिमीलाई (अल्लाह) सर्वशक्तिशाली क्षमादातातिर बोलाइरहेको छु । info
التفاسير:

external-link copy
43 : 40

لَا جَرَمَ اَنَّمَا تَدْعُوْنَنِیْۤ اِلَیْهِ لَیْسَ لَهٗ دَعْوَةٌ فِی الدُّنْیَا وَلَا فِی الْاٰخِرَةِ وَاَنَّ مَرَدَّنَاۤ اِلَی اللّٰهِ وَاَنَّ الْمُسْرِفِیْنَ هُمْ اَصْحٰبُ النَّارِ ۟

४३) सत्य त यो हो कि जुन कुरातिर तिमीले मलाई बोलाउँछौ, त्यो न संसारमा आमन्त्रण (पुकार्ने) योग्य छ र न आखिरतमा, र यो कि हामीलाई फर्कनु पनि अल्लाहतिरै छ र यो कि जो अतिक्रमणकारी छन्, तीनै नर्कबासी हुन् । info
التفاسير:

external-link copy
44 : 40

فَسَتَذْكُرُوْنَ مَاۤ اَقُوْلُ لَكُمْ ؕ— وَاُفَوِّضُ اَمْرِیْۤ اِلَی اللّٰهِ ؕ— اِنَّ اللّٰهَ بَصِیْرٌ بِالْعِبَادِ ۟

४४) अतः जे–जति मैले तिमीलाई भनिराखेको छु, शीघ्र नै तिमीले याद गर्नेछौ । म त आफ्नो कुरो अल्लाहलाई सुम्पन्छु । निःसन्देह अल्लाह आफ्ना भक्तहरूलाई देखनेवाला हो । info
التفاسير:

external-link copy
45 : 40

فَوَقٰىهُ اللّٰهُ سَیِّاٰتِ مَا مَكَرُوْا وَحَاقَ بِاٰلِ فِرْعَوْنَ سُوْٓءُ الْعَذَابِ ۟ۚ

४५) यसर्थ अल्लाहले (मूसालाई) उनीहरूका षडयन्त्रहरूको दोषबाट बचाइहाल्यो र फिरऔनीहरूलाई नराम्रो यातनाले घेरिहाल्यो । info
التفاسير:

external-link copy
46 : 40

اَلنَّارُ یُعْرَضُوْنَ عَلَیْهَا غُدُوًّا وَّعَشِیًّا ۚ— وَیَوْمَ تَقُوْمُ السَّاعَةُ ۫— اَدْخِلُوْۤا اٰلَ فِرْعَوْنَ اَشَدَّ الْعَذَابِ ۟

४६) अर्थात् (नर्क) आगो छ, जसको अगाडि उनीहरू साँझ बिहान, प्रस्तुत गराउदैंछन् र जुन दिन कियामतको समय आउनेछ त्यतिखेर भनिनेछः ‘‘फिरऔनका मानिसहरूलाई निकृष्टतम यातनामा प्रविष्ट गराऊ ।’’ info
التفاسير:

external-link copy
47 : 40

وَاِذْ یَتَحَآجُّوْنَ فِی النَّارِ فَیَقُوْلُ الضُّعَفٰٓؤُا لِلَّذِیْنَ اسْتَكْبَرُوْۤا اِنَّا كُنَّا لَكُمْ تَبَعًا فَهَلْ اَنْتُمْ مُّغْنُوْنَ عَنَّا نَصِیْبًا مِّنَ النَّارِ ۟

४७) र जबकि उनीहरू नर्कमा एक अर्कासित झगडा गरिराखेका हुनेछन् त कमजोरहरूले उनीहरूसित जो ठूला बन्दथे, भन्नेछन् कि ‘‘हामी त तिम्रो पछि–पछि हिंड्नेवाला थियौं । अब के तिमीले हामीमाथिबाट यस आगोको केही भाग हटाउन सक्दछौ ?’’ info
التفاسير:

external-link copy
48 : 40

قَالَ الَّذِیْنَ اسْتَكْبَرُوْۤا اِنَّا كُلٌّ فِیْهَاۤ اِنَّ اللّٰهَ قَدْ حَكَمَ بَیْنَ الْعِبَادِ ۟

४८) उनीहरू जो ठूला बन्दथे, भन्नेछन्ः ‘‘हामी त सबै यसैमा छौं । अल्लाहले आफ्ना भक्तहरूमा फैसला गरिसकेको छ’’ । info
التفاسير:

external-link copy
49 : 40

وَقَالَ الَّذِیْنَ فِی النَّارِ لِخَزَنَةِ جَهَنَّمَ ادْعُوْا رَبَّكُمْ یُخَفِّفْ عَنَّا یَوْمًا مِّنَ الْعَذَابِ ۟

४९) र सबै नर्कीहरू मिलेर नर्कको सिपाहीसित भन्नेछन् किः तिमीले नै आफ्नो पालनकर्तासित प्रार्थना गर कि उसले हामी माथिबाट कुनै दिन त यातना केही कम गरिदेओस् । info
التفاسير: