ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
103 : 37

فَلَمَّاۤ اَسْلَمَا وَتَلَّهٗ لِلْجَبِیْنِ ۟ۚ

१०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए । info
التفاسير:

external-link copy
104 : 37

وَنَادَیْنٰهُ اَنْ یّٰۤاِبْرٰهِیْمُ ۟ۙ

१०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम ! info
التفاسير:

external-link copy
105 : 37

قَدْ صَدَّقْتَ الرُّءْیَا ۚ— اِنَّا كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟

१०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’ info
التفاسير:

external-link copy
106 : 37

اِنَّ هٰذَا لَهُوَ الْبَلٰٓؤُا الْمُبِیْنُ ۟

१०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो । info
التفاسير:

external-link copy
107 : 37

وَفَدَیْنٰهُ بِذِبْحٍ عَظِیْمٍ ۟

१०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानी (बलि) को लागि एउटा ठूलो (पशु) दियौं । info
التفاسير:

external-link copy
108 : 37

وَتَرَكْنَا عَلَیْهِ فِی الْاٰخِرِیْنَ ۟ؗ

१०८) र हामीले पछि आउने (पुस्तामा) नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ? info
التفاسير:

external-link copy
109 : 37

سَلٰمٌ عَلٰۤی اِبْرٰهِیْمَ ۟

१०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’ info
التفاسير:

external-link copy
110 : 37

كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟

११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं । info
التفاسير:

external-link copy
111 : 37

اِنَّهٗ مِنْ عِبَادِنَا الْمُؤْمِنِیْنَ ۟

१११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए । info
التفاسير:

external-link copy
112 : 37

وَبَشَّرْنٰهُ بِاِسْحٰقَ نَبِیًّا مِّنَ الصّٰلِحِیْنَ ۟

११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् । info
التفاسير:

external-link copy
113 : 37

وَبٰرَكْنَا عَلَیْهِ وَعَلٰۤی اِسْحٰقَ ؕ— وَمِنْ ذُرِّیَّتِهِمَا مُحْسِنٌ وَّظَالِمٌ لِّنَفْسِهٖ مُبِیْنٌ ۟۠

११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् । info
التفاسير:

external-link copy
114 : 37

وَلَقَدْ مَنَنَّا عَلٰی مُوْسٰی وَهٰرُوْنَ ۟ۚ

११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं । info
التفاسير:

external-link copy
115 : 37

وَنَجَّیْنٰهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِیْمِ ۟ۚ

११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं । info
التفاسير:

external-link copy
116 : 37

وَنَصَرْنٰهُمْ فَكَانُوْا هُمُ الْغٰلِبِیْنَ ۟ۚ

११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे । info
التفاسير:

external-link copy
117 : 37

وَاٰتَیْنٰهُمَا الْكِتٰبَ الْمُسْتَبِیْنَ ۟ۚ

११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं । info
التفاسير:

external-link copy
118 : 37

وَهَدَیْنٰهُمَا الصِّرَاطَ الْمُسْتَقِیْمَ ۟ۚ

११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं । info
التفاسير:

external-link copy
119 : 37

وَتَرَكْنَا عَلَیْهِمَا فِی الْاٰخِرِیْنَ ۟ۙۖ

११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं । info
التفاسير:

external-link copy
120 : 37

سَلٰمٌ عَلٰی مُوْسٰی وَهٰرُوْنَ ۟

१२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् । info
التفاسير:

external-link copy
121 : 37

اِنَّا كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟

१२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं । info
التفاسير:

external-link copy
122 : 37

اِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِیْنَ ۟

१२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए । info
التفاسير:

external-link copy
123 : 37

وَاِنَّ اِلْیَاسَ لَمِنَ الْمُرْسَلِیْنَ ۟ؕ

१२३) र ‘‘इल्यास’’ पनि सन्देष्टाहरूमध्येका थिए । info
التفاسير:

external-link copy
124 : 37

اِذْ قَالَ لِقَوْمِهٖۤ اَلَا تَتَّقُوْنَ ۟

१२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ? info
التفاسير:

external-link copy
125 : 37

اَتَدْعُوْنَ بَعْلًا وَّتَذَرُوْنَ اَحْسَنَ الْخَالِقِیْنَ ۟ۙ

१२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ? info
التفاسير:

external-link copy
126 : 37

اللّٰهَ رَبَّكُمْ وَرَبَّ اٰبَآىِٕكُمُ الْاَوَّلِیْنَ ۟

१२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो । info
التفاسير: