ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
21 : 25

وَقَالَ الَّذِیْنَ لَا یَرْجُوْنَ لِقَآءَنَا لَوْلَاۤ اُنْزِلَ عَلَیْنَا الْمَلٰٓىِٕكَةُ اَوْ نَرٰی رَبَّنَا ؕ— لَقَدِ اسْتَكْبَرُوْا فِیْۤ اَنْفُسِهِمْ وَعَتَوْ عُتُوًّا كَبِیْرًا ۟

२१) र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले देख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् । info
التفاسير:

external-link copy
22 : 25

یَوْمَ یَرَوْنَ الْمَلٰٓىِٕكَةَ لَا بُشْرٰی یَوْمَىِٕذٍ لِّلْمُجْرِمِیْنَ وَیَقُوْلُوْنَ حِجْرًا مَّحْجُوْرًا ۟

२२) जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं । info
التفاسير:

external-link copy
23 : 25

وَقَدِمْنَاۤ اِلٰی مَا عَمِلُوْا مِنْ عَمَلٍ فَجَعَلْنٰهُ هَبَآءً مَّنْثُوْرًا ۟

२३) र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं । info
التفاسير:

external-link copy
24 : 25

اَصْحٰبُ الْجَنَّةِ یَوْمَىِٕذٍ خَیْرٌ مُّسْتَقَرًّا وَّاَحْسَنُ مَقِیْلًا ۟

२४) हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ । info
التفاسير:

external-link copy
25 : 25

وَیَوْمَ تَشَقَّقُ السَّمَآءُ بِالْغَمَامِ وَنُزِّلَ الْمَلٰٓىِٕكَةُ تَنْزِیْلًا ۟

२५) र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् । info
التفاسير:

external-link copy
26 : 25

اَلْمُلْكُ یَوْمَىِٕذِ ١لْحَقُّ لِلرَّحْمٰنِ ؕ— وَكَانَ یَوْمًا عَلَی الْكٰفِرِیْنَ عَسِیْرًا ۟

२६) त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ । info
التفاسير:

external-link copy
27 : 25

وَیَوْمَ یَعَضُّ الظَّالِمُ عَلٰی یَدَیْهِ یَقُوْلُ یٰلَیْتَنِی اتَّخَذْتُ مَعَ الرَّسُوْلِ سَبِیْلًا ۟

२७) त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुनेथियो । info
التفاسير:

external-link copy
28 : 25

یٰوَیْلَتٰی لَیْتَنِیْ لَمْ اَتَّخِذْ فُلَانًا خَلِیْلًا ۟

२८) अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो । info
التفاسير:

external-link copy
29 : 25

لَقَدْ اَضَلَّنِیْ عَنِ الذِّكْرِ بَعْدَ اِذْ جَآءَنِیْ ؕ— وَكَانَ الشَّیْطٰنُ لِلْاِنْسَانِ خَذُوْلًا ۟

२९) त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो । info
التفاسير:

external-link copy
30 : 25

وَقَالَ الرَّسُوْلُ یٰرَبِّ اِنَّ قَوْمِی اتَّخَذُوْا هٰذَا الْقُرْاٰنَ مَهْجُوْرًا ۟

३०) र पैगम्बरले भन्नेछन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए । info
التفاسير:

external-link copy
31 : 25

وَكَذٰلِكَ جَعَلْنَا لِكُلِّ نَبِیٍّ عَدُوًّا مِّنَ الْمُجْرِمِیْنَ ؕ— وَكَفٰی بِرَبِّكَ هَادِیًا وَّنَصِیْرًا ۟

३१) र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ । info
التفاسير:

external-link copy
32 : 25

وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَوْلَا نُزِّلَ عَلَیْهِ الْقُرْاٰنُ جُمْلَةً وَّاحِدَةً ۛۚ— كَذٰلِكَ ۛۚ— لِنُثَبِّتَ بِهٖ فُؤَادَكَ وَرَتَّلْنٰهُ تَرْتِیْلًا ۟

३२) र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं । info
التفاسير: