ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
26 : 19

فَكُلِیْ وَاشْرَبِیْ وَقَرِّیْ عَیْنًا ۚ— فَاِمَّا تَرَیِنَّ مِنَ الْبَشَرِ اَحَدًا ۙ— فَقُوْلِیْۤ اِنِّیْ نَذَرْتُ لِلرَّحْمٰنِ صَوْمًا فَلَنْ اُكَلِّمَ الْیَوْمَ اِنْسِیًّا ۟ۚ

२६) अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्नो आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन । info
التفاسير:

external-link copy
27 : 19

فَاَتَتْ بِهٖ قَوْمَهَا تَحْمِلُهٗ ؕ— قَالُوْا یٰمَرْیَمُ لَقَدْ جِئْتِ شَیْـًٔا فَرِیًّا ۟

२७) अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् । info
التفاسير:

external-link copy
28 : 19

یٰۤاُخْتَ هٰرُوْنَ مَا كَانَ اَبُوْكِ امْرَاَ سَوْءٍ وَّمَا كَانَتْ اُمُّكِ بَغِیًّا ۟ۖۚ

२८) हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् । info
التفاسير:

external-link copy
29 : 19

فَاَشَارَتْ اِلَیْهِ ۫ؕ— قَالُوْا كَیْفَ نُكَلِّمُ مَنْ كَانَ فِی الْمَهْدِ صَبِیًّا ۟

२९) त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं ? info
التفاسير:

external-link copy
30 : 19

قَالَ اِنِّیْ عَبْدُ اللّٰهِ ۫ؕ— اٰتٰىنِیَ الْكِتٰبَ وَجَعَلَنِیْ نَبِیًّا ۟ۙ

३०) बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ । info
التفاسير:

external-link copy
31 : 19

وَّجَعَلَنِیْ مُبٰرَكًا اَیْنَ مَا كُنْتُ ۪— وَاَوْصٰنِیْ بِالصَّلٰوةِ وَالزَّكٰوةِ مَا دُمْتُ حَیًّا ۟ۙ

३१) र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ । info
التفاسير:

external-link copy
32 : 19

وَّبَرًّا بِوَالِدَتِیْ ؗ— وَلَمْ یَجْعَلْنِیْ جَبَّارًا شَقِیًّا ۟

३२) र उसले मलाई आफ्नो आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन । info
التفاسير:

external-link copy
33 : 19

وَالسَّلٰمُ عَلَیَّ یَوْمَ وُلِدْتُّ وَیَوْمَ اَمُوْتُ وَیَوْمَ اُبْعَثُ حَیًّا ۟

३३) र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ । info
التفاسير:

external-link copy
34 : 19

ذٰلِكَ عِیْسَی ابْنُ مَرْیَمَ ۚ— قَوْلَ الْحَقِّ الَّذِیْ فِیْهِ یَمْتَرُوْنَ ۟

३४) यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् । info
التفاسير:

external-link copy
35 : 19

مَا كَانَ لِلّٰهِ اَنْ یَّتَّخِذَ مِنْ وَّلَدٍ ۙ— سُبْحٰنَهٗ ؕ— اِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟ؕ

३५) अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ । info
التفاسير:

external-link copy
36 : 19

وَاِنَّ اللّٰهَ رَبِّیْ وَرَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟

३६) अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो । info
التفاسير:

external-link copy
37 : 19

فَاخْتَلَفَ الْاَحْزَابُ مِنْ بَیْنِهِمْ ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنْ مَّشْهَدِ یَوْمٍ عَظِیْمٍ ۟

३७) अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ । info
التفاسير:

external-link copy
38 : 19

اَسْمِعْ بِهِمْ وَاَبْصِرْ ۙ— یَوْمَ یَاْتُوْنَنَا لٰكِنِ الظّٰلِمُوْنَ الْیَوْمَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟

३८) तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् । info
التفاسير: