ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
94 : 16

وَلَا تَتَّخِذُوْۤا اَیْمَانَكُمْ دَخَلًا بَیْنَكُمْ فَتَزِلَّ قَدَمٌ بَعْدَ ثُبُوْتِهَا وَتَذُوْقُوا السُّوْٓءَ بِمَا صَدَدْتُّمْ عَنْ سَبِیْلِ اللّٰهِ ۚ— وَلَكُمْ عَذَابٌ عَظِیْمٌ ۟

९४) र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ (स्थिर) भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ । info
التفاسير:

external-link copy
95 : 16

وَلَا تَشْتَرُوْا بِعَهْدِ اللّٰهِ ثَمَنًا قَلِیْلًا ؕ— اِنَّمَا عِنْدَ اللّٰهِ هُوَ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟

९५) तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने । info
التفاسير:

external-link copy
96 : 16

مَا عِنْدَكُمْ یَنْفَدُ وَمَا عِنْدَ اللّٰهِ بَاقٍ ؕ— وَلَنَجْزِیَنَّ الَّذِیْنَ صَبَرُوْۤا اَجْرَهُمْ بِاَحْسَنِ مَا كَانُوْا یَعْمَلُوْنَ ۟

९६) जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं । info
التفاسير:

external-link copy
97 : 16

مَنْ عَمِلَ صَالِحًا مِّنْ ذَكَرٍ اَوْ اُ وَهُوَ مُؤْمِنٌ فَلَنُحْیِیَنَّهٗ حَیٰوةً طَیِّبَةً ۚ— وَلَنَجْزِیَنَّهُمْ اَجْرَهُمْ بِاَحْسَنِ مَا كَانُوْا یَعْمَلُوْنَ ۟

९७) जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं । info
التفاسير:

external-link copy
98 : 16

فَاِذَا قَرَاْتَ الْقُرْاٰنَ فَاسْتَعِذْ بِاللّٰهِ مِنَ الشَّیْطٰنِ الرَّجِیْمِ ۟

९८) जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर । info
التفاسير:

external-link copy
99 : 16

اِنَّهٗ لَیْسَ لَهٗ سُلْطٰنٌ عَلَی الَّذِیْنَ اٰمَنُوْا وَعَلٰی رَبِّهِمْ یَتَوَكَّلُوْنَ ۟

९९) ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन । info
التفاسير:

external-link copy
100 : 16

اِنَّمَا سُلْطٰنُهٗ عَلَی الَّذِیْنَ یَتَوَلَّوْنَهٗ وَالَّذِیْنَ هُمْ بِهٖ مُشْرِكُوْنَ ۟۠

१००) हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् । info
التفاسير:

external-link copy
101 : 16

وَاِذَا بَدَّلْنَاۤ اٰیَةً مَّكَانَ اٰیَةٍ ۙ— وَّاللّٰهُ اَعْلَمُ بِمَا یُنَزِّلُ قَالُوْۤا اِنَّمَاۤ اَنْتَ مُفْتَرٍ ؕ— بَلْ اَكْثَرُهُمْ لَا یَعْلَمُوْنَ ۟

१०१) र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् । info
التفاسير:

external-link copy
102 : 16

قُلْ نَزَّلَهٗ رُوْحُ الْقُدُسِ مِنْ رَّبِّكَ بِالْحَقِّ لِیُثَبِّتَ الَّذِیْنَ اٰمَنُوْا وَهُدًی وَّبُشْرٰی لِلْمُسْلِمِیْنَ ۟

१०२) भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र यो मुसलमानहरूको लागि मार्गदर्शन र शुभसूचना हो । info
التفاسير: