ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
25 : 14

تُؤْتِیْۤ اُكُلَهَا كُلَّ حِیْنٍ بِاِذْنِ رَبِّهَا ؕ— وَیَضْرِبُ اللّٰهُ الْاَمْثَالَ لِلنَّاسِ لَعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟

२५) जो आफ्नो पालनहारको आदेशबाट आफ्नो फलहरू संधै ल्याउँछ, र अल्लाह मानिसहरू सामु उदाहरण प्रस्तुत गर्दछ जसबाट उनीहरू राम्रो ज्ञान प्राप्त गरुन् । info
التفاسير:

external-link copy
26 : 14

وَمَثَلُ كَلِمَةٍ خَبِیْثَةٍ كَشَجَرَةٍ خَبِیْثَةِ ١جْتُثَّتْ مِنْ فَوْقِ الْاَرْضِ مَا لَهَا مِنْ قَرَارٍ ۟

२६) र अपवित्र कुरोको उदाहरण अपवित्र वृक्ष जस्तै छ, जो भूमिको माथिल्लो सतहबाटै उखेलिएको छ त्यसमा केही पनि बलियोपना छदैछैन । info
التفاسير:

external-link copy
27 : 14

یُثَبِّتُ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا بِالْقَوْلِ الثَّابِتِ فِی الْحَیٰوةِ الدُّنْیَا وَفِی الْاٰخِرَةِ ۚ— وَیُضِلُّ اللّٰهُ الظّٰلِمِیْنَ ۙ۫— وَیَفْعَلُ اللّٰهُ مَا یَشَآءُ ۟۠

२७) ईमानवालाहरूलाई अल्लाह सत्य निष्ठाको साथमा सवल राख्दछ दुनियाँको जीवनमा पनि र मृत्युपछिको जिन्दगीमा पनि, होः अन्यायीहरूलाई अल्लाहले भ्रमित गरिदिन्छ र अल्लाह जो चाहन्छ, गरिहाल्छ । info
التفاسير:

external-link copy
28 : 14

اَلَمْ تَرَ اِلَی الَّذِیْنَ بَدَّلُوْا نِعْمَتَ اللّٰهِ كُفْرًا وَّاَحَلُّوْا قَوْمَهُمْ دَارَ الْبَوَارِ ۟ۙ

२८) के तपाईंले तिनीहरूको स्थितिमाथि विचार गर्नु भएन जसले अल्लाहको उपहारको साटो कृतघ्नता गरे र आफ्नो समुदायलाई बर्बादीको घरसम्म पुर्याइदिए । info
التفاسير:

external-link copy
29 : 14

جَهَنَّمَ ۚ— یَصْلَوْنَهَا ؕ— وَبِئْسَ الْقَرَارُ ۟

२९) अर्थात नर्कमा जसमा यी सबै जान्छन् जुन असाध्यै नराम्रो ठाउँ हो । info
التفاسير:

external-link copy
30 : 14

وَجَعَلُوْا لِلّٰهِ اَنْدَادًا لِّیُضِلُّوْا عَنْ سَبِیْلِهٖ ؕ— قُلْ تَمَتَّعُوْا فَاِنَّ مَصِیْرَكُمْ اِلَی النَّارِ ۟

३०) उनीहरूले अल्लाहको बरोबरी (साझेदार) बनाइलिए जसबाट मान्छेहरूलाई अल्लाहको बाटोबाट विमुख गराउन् , तपाईं भनिदिनुहोस्ः ‘‘कि ठिकै छ, अलि मौज गरिलेऊ निःसन्देह तिम्रो ठेगाना त नर्कमै छ । info
التفاسير:

external-link copy
31 : 14

قُلْ لِّعِبَادِیَ الَّذِیْنَ اٰمَنُوْا یُقِیْمُوا الصَّلٰوةَ وَیُنْفِقُوْا مِمَّا رَزَقْنٰهُمْ سِرًّا وَّعَلَانِیَةً مِّنْ قَبْلِ اَنْ یَّاْتِیَ یَوْمٌ لَّا بَیْعٌ فِیْهِ وَلَا خِلٰلٌ ۟

३१) मेरा ईमानदार सेवकहरूलाई भनिदिनुस् नमाजहरूलाई निरन्तरता दिदैं कायम गरुन्, र जुन कुरो मैले उनलाई दिइराखेको छु त्यसमध्येबाट केही नकेही खुल्ला र गोप्य रूपमा खर्च गर्दैगरुन्, यसभन्दा पहिलेः कि त्यो दिन आइपुगोस् जसमा न क्रय–बिक्रय हुनेछ नत मित्रता नप्रेम काम लाग्नेछ । info
التفاسير:

external-link copy
32 : 14

اَللّٰهُ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَاَنْزَلَ مِنَ السَّمَآءِ مَآءً فَاَخْرَجَ بِهٖ مِنَ الثَّمَرٰتِ رِزْقًا لَّكُمْ ۚ— وَسَخَّرَ لَكُمُ الْفُلْكَ لِتَجْرِیَ فِی الْبَحْرِ بِاَمْرِهٖ ۚ— وَسَخَّرَ لَكُمُ الْاَنْهٰرَ ۟ۚ

३२) अल्लाह त्यो हो, जसले पृथ्वी र आकाशलाई निर्माण गरेको छ । र आकाशबाट वर्षा बर्साएर तिम्रो जीविकाको लागि फलफूल निकालेको छ र, डुङ्गाहरूलाई तिम्रो अधीनमा गरिदिएको छ, कि समुद्रहरूमा उसको आदेशबाट हिलडुल गरुन् उसैले खोला र नहरहरू तिम्रो अधीनमा गरिदिएको छ । info
التفاسير:

external-link copy
33 : 14

وَسَخَّرَ لَكُمُ الشَّمْسَ وَالْقَمَرَ دَآىِٕبَیْنِ ۚ— وَسَخَّرَ لَكُمُ الَّیْلَ وَالنَّهَارَ ۟ۚ

३३) उसैले तिम्रो लागि चन्द्र र सूर्यलाई अधीनस्थ गरिदिएको छ, कि सधै नै गतिशील भइरहेका छन् र रात, दिनलाई पनि तिम्रो कार्यमा लगाइराखेको छ । info
التفاسير: