Terjemahan makna Alquran Alkarim - Terjemahan Berbahasa Nepal - Jam'iyyah Ahlulhadis

मुतफ्फिफीन

external-link copy
1 : 83

وَیْلٌ لِّلْمُطَفِّفِیْنَ ۟ۙ

१) नाप र तौलमा कमी गर्नेहरूको लागि ठूलो खराबी छ । info
التفاسير:

external-link copy
2 : 83

الَّذِیْنَ اِذَا اكْتَالُوْا عَلَی النَّاسِ یَسْتَوْفُوْنَ ۟ؗۖ

२) जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् । info
التفاسير:

external-link copy
3 : 83

وَاِذَا كَالُوْهُمْ اَوْ وَّزَنُوْهُمْ یُخْسِرُوْنَ ۟ؕ

३) किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् । info
التفاسير:

external-link copy
4 : 83

اَلَا یَظُنُّ اُولٰٓىِٕكَ اَنَّهُمْ مَّبْعُوْثُوْنَ ۟ۙ

४) के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् । info
التفاسير:

external-link copy
5 : 83

لِیَوْمٍ عَظِیْمٍ ۟ۙ

५) (अर्थात्) एउटा ठूलो दिनमा । info
التفاسير:

external-link copy
6 : 83

یَّوْمَ یَقُوْمُ النَّاسُ لِرَبِّ الْعٰلَمِیْنَ ۟ؕ

६) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् ? info
التفاسير:

external-link copy
7 : 83

كَلَّاۤ اِنَّ كِتٰبَ الْفُجَّارِ لَفِیْ سِجِّیْنٍ ۟ؕ

७) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ । info
التفاسير:

external-link copy
8 : 83

وَمَاۤ اَدْرٰىكَ مَا سِجِّیْنٌ ۟ؕ

८) र तिमीलाई के थाहा कि सिज्जीन के हो ? info
التفاسير:

external-link copy
9 : 83

كِتٰبٌ مَّرْقُوْمٌ ۟ؕ

९) यो त लेखिएको पंजिका (अभिलेख) हो । info
التفاسير:

external-link copy
10 : 83

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟ۙ

१०) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ । info
التفاسير:

external-link copy
11 : 83

الَّذِیْنَ یُكَذِّبُوْنَ بِیَوْمِ الدِّیْنِ ۟ؕ

११) जसले न्यायनिसाफको दिनलाई असत्य भन्दथे । info
التفاسير:

external-link copy
12 : 83

وَمَا یُكَذِّبُ بِهٖۤ اِلَّا كُلُّ مُعْتَدٍ اَثِیْمٍ ۟ۙ

१२) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् । info
التفاسير:

external-link copy
13 : 83

اِذَا تُتْلٰی عَلَیْهِ اٰیٰتُنَا قَالَ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟ؕ

१३) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलेका मानिसहरूका कथाहरू हुन् । info
التفاسير:

external-link copy
14 : 83

كَلَّا بَلْ ٚ— رَانَ عَلٰی قُلُوْبِهِمْ مَّا كَانُوْا یَكْسِبُوْنَ ۟

१४) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ । info
التفاسير:

external-link copy
15 : 83

كَلَّاۤ اِنَّهُمْ عَنْ رَّبِّهِمْ یَوْمَىِٕذٍ لَّمَحْجُوْبُوْنَ ۟ؕ

१५) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुनेछन् । info
التفاسير:

external-link copy
16 : 83

ثُمَّ اِنَّهُمْ لَصَالُوا الْجَحِیْمِ ۟ؕ

१६) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् । info
التفاسير:

external-link copy
17 : 83

ثُمَّ یُقَالُ هٰذَا الَّذِیْ كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟ؕ

१७) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठान्थ्यौ । info
التفاسير:

external-link copy
18 : 83

كَلَّاۤ اِنَّ كِتٰبَ الْاَبْرَارِ لَفِیْ عِلِّیِّیْنَ ۟ؕ

१८) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् । info
التفاسير:

external-link copy
19 : 83

وَمَاۤ اَدْرٰىكَ مَا عِلِّیُّوْنَ ۟ؕ

१९) र तिमीलाई के थाहा कि इल्लीयीन के हो ? info
التفاسير:

external-link copy
20 : 83

كِتٰبٌ مَّرْقُوْمٌ ۟ۙ

२०) त्यो त लेखिएको किताब हो । info
التفاسير:

external-link copy
21 : 83

یَّشْهَدُهُ الْمُقَرَّبُوْنَ ۟ؕ

२१) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् । info
التفاسير:

external-link copy
22 : 83

اِنَّ الْاَبْرَارَ لَفِیْ نَعِیْمٍ ۟ۙ

२२) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् । info
التفاسير:

external-link copy
23 : 83

عَلَی الْاَرَآىِٕكِ یَنْظُرُوْنَ ۟ۙ

२३) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् । info
التفاسير:

external-link copy
24 : 83

تَعْرِفُ فِیْ وُجُوْهِهِمْ نَضْرَةَ النَّعِیْمِ ۟ۚ

२४) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ । info
التفاسير:

external-link copy
25 : 83

یُسْقَوْنَ مِنْ رَّحِیْقٍ مَّخْتُوْمٍ ۟ۙ

२५) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ । info
التفاسير:

external-link copy
26 : 83

خِتٰمُهٗ مِسْكٌ ؕ— وَفِیْ ذٰلِكَ فَلْیَتَنَافَسِ الْمُتَنٰفِسُوْنَ ۟ؕ

२६) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ । info
التفاسير:

external-link copy
27 : 83

وَمِزَاجُهٗ مِنْ تَسْنِیْمٍ ۟ۙ

२७) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिश्रण हुनेछ । info
التفاسير:

external-link copy
28 : 83

عَیْنًا یَّشْرَبُ بِهَا الْمُقَرَّبُوْنَ ۟ؕ

२८) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् । info
التفاسير:

external-link copy
29 : 83

اِنَّ الَّذِیْنَ اَجْرَمُوْا كَانُوْا مِنَ الَّذِیْنَ اٰمَنُوْا یَضْحَكُوْنَ ۟ؗۖ

२९) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्नेगर्दथे । info
التفاسير:

external-link copy
30 : 83

وَاِذَا مَرُّوْا بِهِمْ یَتَغَامَزُوْنَ ۟ؗۖ

३०) र उनीहरूको छेउबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे । info
التفاسير:

external-link copy
31 : 83

وَاِذَا انْقَلَبُوْۤا اِلٰۤی اَهْلِهِمُ انْقَلَبُوْا فَكِهِیْنَ ۟ؗۖ

३१) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्नेगर्दथे । info
التفاسير:

external-link copy
32 : 83

وَاِذَا رَاَوْهُمْ قَالُوْۤا اِنَّ هٰۤؤُلَآءِ لَضَآلُّوْنَ ۟ۙ

३२) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्, info
التفاسير:

external-link copy
33 : 83

وَمَاۤ اُرْسِلُوْا عَلَیْهِمْ حٰفِظِیْنَ ۟ؕ

३३) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन । info
التفاسير:

external-link copy
34 : 83

فَالْیَوْمَ الَّذِیْنَ اٰمَنُوْا مِنَ الْكُفَّارِ یَضْحَكُوْنَ ۟ۙ

३४) तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् । info
التفاسير:

external-link copy
35 : 83

عَلَی الْاَرَآىِٕكِ ۙ— یَنْظُرُوْنَ ۟ؕ

३५) मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् । info
التفاسير:

external-link copy
36 : 83

هَلْ ثُوِّبَ الْكُفَّارُ مَا كَانُوْا یَفْعَلُوْنَ ۟۠

३६) अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो । info
التفاسير: