Terjemahan makna Alquran Alkarim - Terjemahan Berbahasa Nepal - Jam'iyyah Ahlulhadis

कियामः

external-link copy
1 : 75

لَاۤ اُقْسِمُ بِیَوْمِ الْقِیٰمَةِ ۟ۙ

१) म कियामतको दिनको कसम खान्छु, info
التفاسير:

external-link copy
2 : 75

وَلَاۤ اُقْسِمُ بِالنَّفْسِ اللَّوَّامَةِ ۟

२) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो । info
التفاسير:

external-link copy
3 : 75

اَیَحْسَبُ الْاِنْسَانُ اَلَّنْ نَّجْمَعَ عِظَامَهٗ ۟ؕ

३) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र (एकत्रित) गर्नेछैनौं ? info
التفاسير:

external-link copy
4 : 75

بَلٰى قٰدِرِیْنَ عَلٰۤی اَنْ نُّسَوِّیَ بَنَانَهٗ ۟

४) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं। info
التفاسير:

external-link copy
5 : 75

بَلْ یُرِیْدُ الْاِنْسَانُ لِیَفْجُرَ اَمَامَهٗ ۟ۚ

५) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् । info
التفاسير:

external-link copy
6 : 75

یَسْـَٔلُ اَیَّانَ یَوْمُ الْقِیٰمَةِ ۟ؕ

६) सोध्छ कि कियामतको दिन कहिले आउँछ ? info
التفاسير:

external-link copy
7 : 75

فَاِذَا بَرِقَ الْبَصَرُ ۟ۙ

७) जब आँखाहरू तिर्मीराइहाल्नेछन् । info
التفاسير:

external-link copy
8 : 75

وَخَسَفَ الْقَمَرُ ۟ۙ

८) र चन्द्र प्रकाशहीन भइहाल्नेछ । info
التفاسير:

external-link copy
9 : 75

وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ ۟ۙ

९) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् । info
التفاسير:

external-link copy
10 : 75

یَقُوْلُ الْاِنْسَانُ یَوْمَىِٕذٍ اَیْنَ الْمَفَرُّ ۟ۚ

१०) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ ? info
التفاسير:

external-link copy
11 : 75

كَلَّا لَا وَزَرَ ۟ؕ

११) निःसन्देह कुनै शरणस्थल (आश्रय) छैन । info
التفاسير:

external-link copy
12 : 75

اِلٰى رَبِّكَ یَوْمَىِٕذِ ١لْمُسْتَقَرُّ ۟ؕ

१२) आज त तिम्रो पालनकर्तातिरै सुख चैन पाइने ठाउँ छ । info
التفاسير:

external-link copy
13 : 75

یُنَبَّؤُا الْاِنْسَانُ یَوْمَىِٕذٍ بِمَا قَدَّمَ وَاَخَّرَ ۟ؕ

१३) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ । info
التفاسير:

external-link copy
14 : 75

بَلِ الْاِنْسَانُ عَلٰی نَفْسِهٖ بَصِیْرَةٌ ۟ۙ

१४) बरु मानिस स्वयं आफ्नो साक्षी छ । info
التفاسير:

external-link copy
15 : 75

وَّلَوْ اَلْقٰى مَعَاذِیْرَهٗ ۟ؕ

१५) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् । info
التفاسير:

external-link copy
16 : 75

لَا تُحَرِّكْ بِهٖ لِسَانَكَ لِتَعْجَلَ بِهٖ ۟ؕ

१६) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् । info
التفاسير:

external-link copy
17 : 75

اِنَّ عَلَیْنَا جَمْعَهٗ وَقُرْاٰنَهٗ ۟ۚۖ

१७) त्यसलाई एकत्रित (संकलन) गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मामा छ । info
التفاسير:

external-link copy
18 : 75

فَاِذَا قَرَاْنٰهُ فَاتَّبِعْ قُرْاٰنَهٗ ۟ۚ

१८) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् । info
التفاسير:

external-link copy
19 : 75

ثُمَّ اِنَّ عَلَیْنَا بَیَانَهٗ ۟ؕ

१९) अनि उसको स्पष्टिकरण गर्नु हाम्रो जिम्मामा छ । info
التفاسير:

external-link copy
20 : 75

كَلَّا بَلْ تُحِبُّوْنَ الْعَاجِلَةَ ۟ۙ

२०) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरालार्इ मन पराउँछौ । info
التفاسير:

external-link copy
21 : 75

وَتَذَرُوْنَ الْاٰخِرَةَ ۟ؕ

२१) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ, info
التفاسير:

external-link copy
22 : 75

وُجُوْهٌ یَّوْمَىِٕذٍ نَّاضِرَةٌ ۟ۙ

२२) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्, info
التفاسير:

external-link copy
23 : 75

اِلٰى رَبِّهَا نَاظِرَةٌ ۟ۚ

२३) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिरहेका हुनेछन् । info
التفاسير:

external-link copy
24 : 75

وَوُجُوْهٌ یَّوْمَىِٕذٍ بَاسِرَةٌ ۟ۙ

२४) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् । info
التفاسير:

external-link copy
25 : 75

تَظُنُّ اَنْ یُّفْعَلَ بِهَا فَاقِرَةٌ ۟ؕ

२५) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ । info
التفاسير:

external-link copy
26 : 75

كَلَّاۤ اِذَا بَلَغَتِ التَّرَاقِیَ ۟ۙ

२६) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ । info
التفاسير:

external-link copy
27 : 75

وَقِیْلَ مَنْ ٚ— رَاقٍ ۟ۙ

२७) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ ? info
التفاسير:

external-link copy
28 : 75

وَّظَنَّ اَنَّهُ الْفِرَاقُ ۟ۙ

२८) र त्यसले बुझ्नेछ कि अब सबैबाट विदाईको समय छ । info
التفاسير:

external-link copy
29 : 75

وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ ۟ۙ

२९) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ (बेरिनेछ) । info
التفاسير:

external-link copy
30 : 75

اِلٰى رَبِّكَ یَوْمَىِٕذِ ١لْمَسَاقُ ۟ؕ۠

३०) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ । info
التفاسير:

external-link copy
31 : 75

فَلَا صَدَّقَ وَلَا صَلّٰى ۟ۙ

३१) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो । info
التفاسير:

external-link copy
32 : 75

وَلٰكِنْ كَذَّبَ وَتَوَلّٰى ۟ۙ

३२) बरु झूठो ठहरायो र विमुख भयो । info
التفاسير:

external-link copy
33 : 75

ثُمَّ ذَهَبَ اِلٰۤی اَهْلِهٖ یَتَمَطّٰى ۟ؕ

३३) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो । info
التفاسير:

external-link copy
34 : 75

اَوْلٰى لَكَ فَاَوْلٰى ۟ۙ

३४) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ । info
التفاسير:

external-link copy
35 : 75

ثُمَّ اَوْلٰى لَكَ فَاَوْلٰى ۟ؕ

३५) धिक्कार छ र खराबी छ तिमीमाथि । info
التفاسير:

external-link copy
36 : 75

اَیَحْسَبُ الْاِنْسَانُ اَنْ یُّتْرَكَ سُدًی ۟ؕ

३६) के मनुष्यले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ ? info
التفاسير:

external-link copy
37 : 75

اَلَمْ یَكُ نُطْفَةً مِّنْ مَّنِیٍّ یُّمْنٰى ۟ۙ

३७) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन ? जसलाई टपकाइएको थियो ? info
التفاسير:

external-link copy
38 : 75

ثُمَّ كَانَ عَلَقَةً فَخَلَقَ فَسَوّٰى ۟ۙ

३८) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो । info
التفاسير:

external-link copy
39 : 75

فَجَعَلَ مِنْهُ الزَّوْجَیْنِ الذَّكَرَ وَالْاُ ۟ؕ

३९) अनि त्यसबाट जोडाहरू बनायो, पुरुष र स्त्री । info
التفاسير:

external-link copy
40 : 75

اَلَیْسَ ذٰلِكَ بِقٰدِرٍ عَلٰۤی اَنْ یُّحْیِ الْمَوْتٰى ۟۠

४०) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई पुनः जीवित पारिदेओस् । info
التفاسير: