Terjemahan makna Alquran Alkarim - Terjemahan Berbahasa Nepal - Jam'iyyah Ahlulhadis

Nomor Halaman:close

external-link copy
105 : 7

حَقِیْقٌ عَلٰۤی اَنْ لَّاۤ اَقُوْلَ عَلَی اللّٰهِ اِلَّا الْحَقَّ ؕ— قَدْ جِئْتُكُمْ بِبَیِّنَةٍ مِّنْ رَّبِّكُمْ فَاَرْسِلْ مَعِیَ بَنِیْۤ اِسْرَآءِیْلَ ۟ؕ

१०५) मेरो निम्ति यो अनिवार्य छ कि सत्य बाहेक अल्लाहको बारेमा केही नभनूँ । मैले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट एउटा ठूलो निशानी पनि ल्याएको छुँ । तसर्थ तिमीले बनी इस्राईललाई मेरो साथमा पठाइदेऊ । info
التفاسير:

external-link copy
106 : 7

قَالَ اِنْ كُنْتَ جِئْتَ بِاٰیَةٍ فَاْتِ بِهَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟

१०६) फिरऔनले भन्यो, ‘‘यदि तिमीले कुनै निशानी (चमत्कारहरू) लिएर आएका छौ भने त्यो अब प्रस्तुत गर ! यदि तिमी सच्चा हौ भने । info
التفاسير:

external-link copy
107 : 7

فَاَلْقٰی عَصَاهُ فَاِذَا هِیَ ثُعْبَانٌ مُّبِیْنٌ ۟ۚۖ

१०७) तसर्थ उहाँले (मूसाले) आफ्नो लठ्ठी खसाल्नु भयो, अनि त्यतिखेरै त्यो एकाएक एउटा अजिङ्गर बनिहाल्यो । info
التفاسير:

external-link copy
108 : 7

وَّنَزَعَ یَدَهٗ فَاِذَا هِیَ بَیْضَآءُ لِلنّٰظِرِیْنَ ۟۠

१०८) र आफ्नो हात बाहिर निकाल्नु भयो अनि त्यो एक्कासी सबै हेर्नेहरूको अगाडि धेरै टल्कीलो भइहाल्यो । info
التفاسير:

external-link copy
109 : 7

قَالَ الْمَلَاُ مِنْ قَوْمِ فِرْعَوْنَ اِنَّ هٰذَا لَسٰحِرٌ عَلِیْمٌ ۟ۙ

१०९) फिरऔनको समूहका नाइकेहरूले भनेः साँच्चै नै यो मान्छे दक्ष जादूगर हो । info
التفاسير:

external-link copy
110 : 7

یُّرِیْدُ اَنْ یُّخْرِجَكُمْ مِّنْ اَرْضِكُمْ ۚ— فَمَاذَا تَاْمُرُوْنَ ۟

११०) यसले चाहन्छ कि तिमीहरूलाई तिम्रो (भूमि) देशबाट बाहिर निकालिदेओस् । तसर्थ तिमीहरू के सल्लाह दिन्छौ ? info
التفاسير:

external-link copy
111 : 7

قَالُوْۤا اَرْجِهْ وَاَخَاهُ وَاَرْسِلْ فِی الْمَدَآىِٕنِ حٰشِرِیْنَ ۟ۙ

१११) तिनीहरूले भनेः कि तपाईंले यसलाई र यसको भाइलाई केही समय दिनुस् र शहरहरूमा सन्देशवाहकहरू (कार्यकर्ताहरू) पठाइदिनुस् । info
التفاسير:

external-link copy
112 : 7

یَاْتُوْكَ بِكُلِّ سٰحِرٍ عَلِیْمٍ ۟

११२) ताकि उनीहरूले सबै ठूला जादूगरहरूलाई तपाईंको पासमा ल्याएर हाजिर गरुन् । info
التفاسير:

external-link copy
113 : 7

وَجَآءَ السَّحَرَةُ فِرْعَوْنَ قَالُوْۤا اِنَّ لَنَا لَاَجْرًا اِنْ كُنَّا نَحْنُ الْغٰلِبِیْنَ ۟

११३) र ती जादूगरहरू फिरऔन सामु आइपुगे र भन्नथालेः ‘‘यदि हामी विजयी भयौं त के हामीलाई कुनै ठूलो पुरस्कार प्राप्त हुन्छ । info
التفاسير:

external-link copy
114 : 7

قَالَ نَعَمْ وَاِنَّكُمْ لَمِنَ الْمُقَرَّبِیْنَ ۟

११४) फिरऔनले भन्योः हो, र तिमी मेरो नजिकका (निकट्तम्) मानिसहरूमध्येका हुनेछौ । info
التفاسير:

external-link copy
115 : 7

قَالُوْا یٰمُوْسٰۤی اِمَّاۤ اَنْ تُلْقِیَ وَاِمَّاۤ اَنْ نَّكُوْنَ نَحْنُ الْمُلْقِیْنَ ۟

११५) ती जादूगरहरूले भनेः कि हे मूसा ! या त तपाईं पहिला चलाउनुस् या त हामीले चलाउन्छौं । info
التفاسير:

external-link copy
116 : 7

قَالَ اَلْقُوْا ۚ— فَلَمَّاۤ اَلْقَوْا سَحَرُوْۤا اَعْیُنَ النَّاسِ وَاسْتَرْهَبُوْهُمْ وَجَآءُوْ بِسِحْرٍ عَظِیْمٍ ۟

११६) मूसाले भनेः ‘‘तिमी नै चलाऊ’’ । अनि जब उनिहरूले (आफ्नो जादू) चलाए त मानिसहरूका आँखा बन्द गरिदिए र उनीहरूलाई भयभीत गरिदिए र एउटा ठूलो जादूको प्रदर्शन गरे । info
التفاسير:

external-link copy
117 : 7

وَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰۤی اَنْ اَلْقِ عَصَاكَ ۚ— فَاِذَا هِیَ تَلْقَفُ مَا یَاْفِكُوْنَ ۟ۚ

११७) र हामीले मूसालाई आदेश दियौं कि आफ्नो लट्ठी खसालिहाल्नुस् तसर्थ लट्ठी खसाल्नसाथ त्यसले उनीहरूले रचेको सबै स्वाङ निल्न थाल्यो । info
التفاسير:

external-link copy
118 : 7

فَوَقَعَ الْحَقُّ وَبَطَلَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟ۚ

११८) यसप्रकार सत्य प्रकट भइहाल्यो र उनीहररूले जे जति बनाएका थिए मिथ्या भइहाल्यो । info
التفاسير:

external-link copy
119 : 7

فَغُلِبُوْا هُنَالِكَ وَانْقَلَبُوْا صٰغِرِیْنَ ۟ۚ

११९) अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के । info
التفاسير:

external-link copy
120 : 7

وَاُلْقِیَ السَّحَرَةُ سٰجِدِیْنَ ۟ۙ

१२०) र जादूगरहरू सजदामा (ढोगमा) गइहाले । info
التفاسير: