Terjemahan makna Alquran Alkarim - Terjemahan Berbahasa Nepal - Jam'iyyah Ahlulhadis

ताहा

external-link copy
1 : 20

طٰهٰ ۟

१) ताहा info
التفاسير:

external-link copy
2 : 20

مَاۤ اَنْزَلْنَا عَلَیْكَ الْقُرْاٰنَ لِتَشْقٰۤی ۟ۙ

२) (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् । info
التفاسير:

external-link copy
3 : 20

اِلَّا تَذْكِرَةً لِّمَنْ یَّخْشٰی ۟ۙ

३) अपितु उसको उपदेशको निम्ति जो अल्लाहसँग डर्छ । info
التفاسير:

external-link copy
4 : 20

تَنْزِیْلًا مِّمَّنْ خَلَقَ الْاَرْضَ وَالسَّمٰوٰتِ الْعُلٰی ۟ؕ

४) यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ । info
التفاسير:

external-link copy
5 : 20

اَلرَّحْمٰنُ عَلَی الْعَرْشِ اسْتَوٰی ۟

५) जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ । info
التفاسير:

external-link copy
6 : 20

لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ وَمَا بَیْنَهُمَا وَمَا تَحْتَ الثَّرٰی ۟

६) जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो । info
التفاسير:

external-link copy
7 : 20

وَاِنْ تَجْهَرْ بِالْقَوْلِ فَاِنَّهٗ یَعْلَمُ السِّرَّ وَاَخْفٰی ۟

७) तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ । info
التفاسير:

external-link copy
8 : 20

اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— لَهُ الْاَسْمَآءُ الْحُسْنٰی ۟

८) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् । info
التفاسير:

external-link copy
9 : 20

وَهَلْ اَتٰىكَ حَدِیْثُ مُوْسٰی ۟ۘ

९) तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना (कथा) पनि थाहा छ ? info
التفاسير:

external-link copy
10 : 20

اِذْ رَاٰ نَارًا فَقَالَ لِاَهْلِهِ امْكُثُوْۤا اِنِّیْۤ اٰنَسْتُ نَارًا لَّعَلِّیْۤ اٰتِیْكُمْ مِّنْهَا بِقَبَسٍ اَوْ اَجِدُ عَلَی النَّارِ هُدًی ۟

१०) जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ । info
التفاسير:

external-link copy
11 : 20

فَلَمَّاۤ اَتٰىهَا نُوْدِیَ یٰمُوْسٰی ۟ؕ

११) जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा ! info
التفاسير:

external-link copy
12 : 20

اِنِّیْۤ اَنَا رَبُّكَ فَاخْلَعْ نَعْلَیْكَ ۚ— اِنَّكَ بِالْوَادِ الْمُقَدَّسِ طُوًی ۟ؕ

१२) निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ । info
التفاسير: