Terjemahan makna Alquran Alkarim - Terjemahan Berbahasa Nepal - Jam'iyyah Ahlulhadis

Nomor Halaman: 223:221 close

external-link copy
20 : 11

اُولٰٓىِٕكَ لَمْ یَكُوْنُوْا مُعْجِزِیْنَ فِی الْاَرْضِ وَمَا كَانَ لَهُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ اَوْلِیَآءَ ۘ— یُضٰعَفُ لَهُمُ الْعَذَابُ ؕ— مَا كَانُوْا یَسْتَطِیْعُوْنَ السَّمْعَ وَمَا كَانُوْا یُبْصِرُوْنَ ۟

२०) यिनीहरूले न धर्तीमा अल्लाहलाई हराउन सके र नत अल्लाह बाहेक कोही तिनीहरूको समर्थक भयो । तिनीहरूलाई दोब्बर सजाय दिइनेछ, किनकि यिनीहरूले सुन्न सक्दैनथे र नत देख्न सक्दथे । info
التفاسير:

external-link copy
21 : 11

اُولٰٓىِٕكَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟

२१) यिनीहरू नै हुन् जसले कि आफूलाई हानिमा पारे, र यिनीहरूले मानी आएका सबै मनगढन्ते कुराहरू यिनीहरूबाट हरायो । info
التفاسير:

external-link copy
22 : 11

لَا جَرَمَ اَنَّهُمْ فِی الْاٰخِرَةِ هُمُ الْاَخْسَرُوْنَ ۟

२२) निःसन्देह यिनीहरू नै परलोकमा सबैभन्दा धेरै हानि भोग्नेछन् । info
التفاسير:

external-link copy
23 : 11

اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاَخْبَتُوْۤا اِلٰی رَبِّهِمْ ۙ— اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَنَّةِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟

२३) निःसन्देह जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे र आफ्नो पालनकर्ताको अगाडि क्षमायाचना गरे, यिनै स्वर्गमा जानेहरू हुन्, र सधैं त्यसमा रहनेछन् । info
التفاسير:

external-link copy
24 : 11

مَثَلُ الْفَرِیْقَیْنِ كَالْاَعْمٰی وَالْاَصَمِّ وَالْبَصِیْرِ وَالسَّمِیْعِ ؕ— هَلْ یَسْتَوِیٰنِ مَثَلًا ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟۠

२४) यी दुवै समुदाय (काफिर र मोमिन) को उदाहरण यस्तो छ, जस्तो एउटा अन्धा र बहिरा होस् र अर्को देख्ने सुन्ने, त के दुवैको अवस्था बराबर हुनसक्छ ? अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ । info
التفاسير:

external-link copy
25 : 11

وَلَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖۤ ؗ— اِنِّیْ لَكُمْ نَذِیْرٌ مُّبِیْنٌ ۟ۙ

२५) र निःसन्देह हामीले ‘‘नूहलाई’’ उनको कौमतिर रसूल बनाएर पठायौं (उनले भने) कि मैले तिमीलाई खुल्लमखुल्ला सावधान गराउनेवाला हूँ । info
التفاسير:

external-link copy
26 : 11

اَنْ لَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ اَلِیْمٍ ۟

२६) कि तिमीहरू अल्लाह बाहेक कसैको पूजा नगर । मलाई तिम्रो बारेमा कष्टदायक सजाय हुने दिनको भय छ । info
التفاسير:

external-link copy
27 : 11

فَقَالَ الْمَلَاُ الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖ مَا نَرٰىكَ اِلَّا بَشَرًا مِّثْلَنَا وَمَا نَرٰىكَ اتَّبَعَكَ اِلَّا الَّذِیْنَ هُمْ اَرَاذِلُنَا بَادِیَ الرَّاْیِ ۚ— وَمَا نَرٰی لَكُمْ عَلَیْنَا مِنْ فَضْلٍۢ بَلْ نَظُنُّكُمْ كٰذِبِیْنَ ۟

२७) अनि उनको समुदायका काफिरहरूको नायकहरूले भन्न थालेः कि हामीले तिमीलाई आफू जस्तै एउटा मानिसको रूपमा देख्छौं र यो पनि देख्छौं कि तिम्रा अनुयायीहरू तल्लो श्रेणीका मानिसहरू बाहेक कोही छैन जसले नजानी बुझीकन तिम्रो अनुयायी भएका छन् । हामीले त हामीहरूभन्दा तिमीमा केही बढी विशेषता देख्दैनौं बरु तिमीलाई हामीले झूठा ठान्दछौं । info
التفاسير:

external-link copy
28 : 11

قَالَ یٰقَوْمِ اَرَءَیْتُمْ اِنْ كُنْتُ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَاٰتٰىنِیْ رَحْمَةً مِّنْ عِنْدِهٖ فَعُمِّیَتْ عَلَیْكُمْ ؕ— اَنُلْزِمُكُمُوْهَا وَاَنْتُمْ لَهَا كٰرِهُوْنَ ۟

२८) नूहले भने कि हे मेरो सम्प्रदायका मानिसहरू, बताऊ यदि म आफ्नो पालनकर्ताबाट (स्पष्ट) प्रमाण राख्दछु र उसले मलाई आफ्नो तर्फबाट दया प्रदान गरेको छ, फेरि त्यो तिम्रो दृष्टिमा पर्दैन भने त के हामीले यसको निम्ति तिमीलाई बाध्य गरौं ? जबकि तिमी त्यसबाट अप्रसन्न छौ । info
التفاسير: