क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

पृष्ठ संख्या:close

external-link copy
96 : 5

اُحِلَّ لَكُمْ صَیْدُ الْبَحْرِ وَطَعَامُهٗ مَتَاعًا لَّكُمْ وَلِلسَّیَّارَةِ ۚ— وَحُرِّمَ عَلَیْكُمْ صَیْدُ الْبَرِّ مَا دُمْتُمْ حُرُمًا ؕ— وَاتَّقُوا اللّٰهَ الَّذِیْۤ اِلَیْهِ تُحْشَرُوْنَ ۟

९६) र तिम्रो निम्ति समुद्री जीवको शिकार गर्नु र त्यसलाई खानु हलाल गरिएको छ । तिम्रो प्रयोगको लागि र यात्रीहरूको फाइदाको लागि तर एहरामको अवस्थामा रहेसम्म सुख्खा ठाउँको शिकार तिम्रो निम्ति हराम गरिएको छ र अल्लाहसित डराऊ जसकहाँ एकत्रित गरिनेछौ । info
التفاسير:

external-link copy
97 : 5

جَعَلَ اللّٰهُ الْكَعْبَةَ الْبَیْتَ الْحَرَامَ قِیٰمًا لِّلنَّاسِ وَالشَّهْرَ الْحَرَامَ وَالْهَدْیَ وَالْقَلَآىِٕدَ ؕ— ذٰلِكَ لِتَعْلَمُوْۤا اَنَّ اللّٰهَ یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ وَاَنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟

९७) अल्लाहले पवित्र घर कअ्बालाई सम्मानित स्थान बनाउनुको साथै मानिसहरूका निम्ति सहयोग र साधनका लागि माध्यम बनाएको छ र पवित्र महिनाहरूलाई पनि र कुर्बानीको जनावरहरूलाई पनि जसका घाँटीहरूमा पट्टाहरू बाँधिएका हुन्छन् यो यसकारणले हो कि तिमीले जानिहाल कि जे–जति आकाशहरूमा छन् र जे–जति पृथ्वीमा छन् अल्लाहलाई सबैको ज्ञान छ, र यो पनि कि अल्लाह हरेक कुराको ज्ञाता छ । info
التفاسير:

external-link copy
98 : 5

اِعْلَمُوْۤا اَنَّ اللّٰهَ شَدِیْدُ الْعِقَابِ وَاَنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟ؕ

९८) तिमी जानिराख कि अल्लाह कठोर सजाय दिनेवाला छ र यो (पनि) कि अल्लाह ठूलो क्षमादाता र कृपालु छ । info
التفاسير:

external-link copy
99 : 5

مَا عَلَی الرَّسُوْلِ اِلَّا الْبَلٰغُ ؕ— وَاللّٰهُ یَعْلَمُ مَا تُبْدُوْنَ وَمَا تَكْتُمُوْنَ ۟

९९) पैगम्बरहरूको जिम्मामा त मात्र आदेश पुर्याउनु हो र जे–जति तिमीले प्रकट गर्दछौ र लुकाउँदछौ, अल्लाहलाई सबै थाहा छ । info
التفاسير:

external-link copy
100 : 5

قُلْ لَّا یَسْتَوِی الْخَبِیْثُ وَالطَّیِّبُ وَلَوْ اَعْجَبَكَ كَثْرَةُ الْخَبِیْثِ ۚ— فَاتَّقُوا اللّٰهَ یٰۤاُولِی الْاَلْبَابِ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟۠

१००) तपाई भनिदिनुस् कि अपवित्र र पवित्र कुराहरू बराबर हुँदैनन् यद्यपि अपवित्र कुराहरूको बाहुल्य तिमीलाई आर्कषित पार्न सक्छ । तसर्थ हे विवेक भएका मानिसहरू ! अल्लाहसँग डर मान्ने गर ताकि सफलता प्राप्त गर्न सक । info
التفاسير:

external-link copy
101 : 5

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَسْـَٔلُوْا عَنْ اَشْیَآءَ اِنْ تُبْدَ لَكُمْ تَسُؤْكُمْ ۚ— وَاِنْ تَسْـَٔلُوْا عَنْهَا حِیْنَ یُنَزَّلُ الْقُرْاٰنُ تُبْدَ لَكُمْ ؕ— عَفَا اللّٰهُ عَنْهَا ؕ— وَاللّٰهُ غَفُوْرٌ حَلِیْمٌ ۟

१०१) मोमिनहरू हो ! यस्ता कुराहरूको प्रश्न नगर जसको सत्यता यदि तिमीलाई प्रकट गर्ने हो भने तिमीलाई नराम्रो लाग्नेछ र यदि कुरआन अवतरण हुने समयमा यस्ता कुरा सोध्छौ भने तिमीलाई प्रकट पनि गरिनेछन्, पहिला सोधिएका प्रश्नहरू अल्लाहले माफ गरेको छ र अल्लाह ठूलो क्षमादाता, धेरै सहनशील छ । info
التفاسير:

external-link copy
102 : 5

قَدْ سَاَلَهَا قَوْمٌ مِّنْ قَبْلِكُمْ ثُمَّ اَصْبَحُوْا بِهَا كٰفِرِیْنَ ۟

१०२) यस्ता कुराहरूबारे तिमीभन्दा अघिका मानिसहरूले पनि सोधेका थिए, फेरि तिनीहरूले यसलाई नकारी हाले । info
التفاسير:

external-link copy
103 : 5

مَا جَعَلَ اللّٰهُ مِنْ بَحِیْرَةٍ وَّلَا سَآىِٕبَةٍ وَّلَا وَصِیْلَةٍ وَّلَا حَامٍ ۙ— وَّلٰكِنَّ الَّذِیْنَ كَفَرُوْا یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ ؕ— وَاَكْثَرُهُمْ لَا یَعْقِلُوْنَ ۟

१०३) अल्लाह नत ‘‘बहीराः’’ ठहराएको छ र नत ‘सायबा’ र नत ‘वसीला’ र ‘हाम’ (अरबको बहुते बद्दूहरूले विभिन्न प्रकारका नाम राखी आफ्ना देवताको नाममा जनावर राखेका थिए) बरु काफिरहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् र यिनीहरूमध्ये धेरै जसो बुद्धिहीन छन् । info
التفاسير: