क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

पृष्ठ संख्या: 325:322 close

external-link copy
45 : 21

قُلْ اِنَّمَاۤ اُنْذِرُكُمْ بِالْوَحْیِ ۖؗ— وَلَا یَسْمَعُ الصُّمُّ الدُّعَآءَ اِذَا مَا یُنْذَرُوْنَ ۟

४५) भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ । info
التفاسير:

external-link copy
46 : 21

وَلَىِٕنْ مَّسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ رَبِّكَ لَیَقُوْلُنَّ یٰوَیْلَنَاۤ اِنَّا كُنَّا ظٰلِمِیْنَ ۟

४६) यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! निःसन्देह हामी पापी थियौं । info
التفاسير:

external-link copy
47 : 21

وَنَضَعُ الْمَوَازِیْنَ الْقِسْطَ لِیَوْمِ الْقِیٰمَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَیْـًٔا ؕ— وَاِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ اَتَیْنَا بِهَا ؕ— وَكَفٰی بِنَا حٰسِبِیْنَ ۟

४७) र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं । info
التفاسير:

external-link copy
48 : 21

وَلَقَدْ اٰتَیْنَا مُوْسٰی وَهٰرُوْنَ الْفُرْقَانَ وَضِیَآءً وَّذِكْرًا لِّلْمُتَّقِیْنَ ۟ۙ

४८) यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं । info
التفاسير:

external-link copy
49 : 21

الَّذِیْنَ یَخْشَوْنَ رَبَّهُمْ بِالْغَیْبِ وَهُمْ مِّنَ السَّاعَةِ مُشْفِقُوْنَ ۟

४९) तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् । info
التفاسير:

external-link copy
50 : 21

وَهٰذَا ذِكْرٌ مُّبٰرَكٌ اَنْزَلْنٰهُ ؕ— اَفَاَنْتُمْ لَهٗ مُنْكِرُوْنَ ۟۠

५०) र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ ? info
التفاسير:

external-link copy
51 : 21

وَلَقَدْ اٰتَیْنَاۤ اِبْرٰهِیْمَ رُشْدَهٗ مِنْ قَبْلُ وَكُنَّا بِهٖ عٰلِمِیْنَ ۟ۚ

५१) निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो । info
التفاسير:

external-link copy
52 : 21

اِذْ قَالَ لِاَبِیْهِ وَقَوْمِهٖ مَا هٰذِهِ التَّمَاثِیْلُ الَّتِیْۤ اَنْتُمْ لَهَا عٰكِفُوْنَ ۟

५२) जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’ info
التفاسير:

external-link copy
53 : 21

قَالُوْا وَجَدْنَاۤ اٰبَآءَنَا لَهَا عٰبِدِیْنَ ۟

५३) तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं । info
التفاسير:

external-link copy
54 : 21

قَالَ لَقَدْ كُنْتُمْ اَنْتُمْ وَاٰبَآؤُكُمْ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟

५४) इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ । info
التفاسير:

external-link copy
55 : 21

قَالُوْۤا اَجِئْتَنَا بِالْحَقِّ اَمْ اَنْتَ مِنَ اللّٰعِبِیْنَ ۟

५५) तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ । info
التفاسير:

external-link copy
56 : 21

قَالَ بَلْ رَّبُّكُمْ رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ الَّذِیْ فَطَرَهُنَّ ۖؗ— وَاَنَا عَلٰی ذٰلِكُمْ مِّنَ الشّٰهِدِیْنَ ۟

५६) (इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु । info
التفاسير:

external-link copy
57 : 21

وَتَاللّٰهِ لَاَكِیْدَنَّ اَصْنَامَكُمْ بَعْدَ اَنْ تُوَلُّوْا مُدْبِرِیْنَ ۟

५७) र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चल्नेछु । info
التفاسير: