क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

पृष्ठ संख्या:close

external-link copy
15 : 16

وَاَلْقٰی فِی الْاَرْضِ رَوَاسِیَ اَنْ تَمِیْدَ بِكُمْ وَاَنْهٰرًا وَّسُبُلًا لَّعَلَّكُمْ تَهْتَدُوْنَ ۟ۙ

१५) र उसैले धर्तीमा पहाडहरू उभ्याइदियो जसबाट तिमीलाई लिएर नहल्लीयोस् र नहरहरू र बाटोहरू बनायो ताकि एक ठाउँबाट अर्को ठाँउसम्म जान सक । info
التفاسير:

external-link copy
16 : 16

وَعَلٰمٰتٍ ؕ— وَبِالنَّجْمِ هُمْ یَهْتَدُوْنَ ۟

१६) अरु पनि (बाटोहरूमा) चिन्हहरू बनाइदियो र मानिसहरूले ताराहरूबाट पनि मार्गहरू पत्ता लगाउँछन् । info
التفاسير:

external-link copy
17 : 16

اَفَمَنْ یَّخْلُقُ كَمَنْ لَّا یَخْلُقُ ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟

१७) तसर्थ जसले सृष्टि गर्यो, के त्यो यस्तो छ जसले केही पनि सृष्टि गर्न सक्दैन ? अनि तिमीले विचार किन गर्दैनौ ? info
التفاسير:

external-link copy
18 : 16

وَاِنْ تَعُدُّوْا نِعْمَةَ اللّٰهِ لَا تُحْصُوْهَا ؕ— اِنَّ اللّٰهَ لَغَفُوْرٌ رَّحِیْمٌ ۟

१८) र यदि तिमी अल्लाहका कृपाहरू गन्न चाहन्छौ भने गन्न सक्दैनौ । निःसन्देह अल्लाह बड़ो क्षमाशील र परम दयालु छ । info
التفاسير:

external-link copy
19 : 16

وَاللّٰهُ یَعْلَمُ مَا تُسِرُّوْنَ وَمَا تُعْلِنُوْنَ ۟

१९) र जे जति तिमीले लुकाउँछौ र जे–जति प्रकट गर्दछौ अल्लाहलाई सबै थाहा छ । info
التفاسير:

external-link copy
20 : 16

وَالَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ لَا یَخْلُقُوْنَ شَیْـًٔا وَّهُمْ یُخْلَقُوْنَ ۟ؕ

२०) र जस, जसलाई यिनीहरू अल्लाह बाहेक पुकार्दछन्, तिनीहरूले कुनै पनि कुरा बनाउन सक्दैनन् बरु स्वयं उनीहरू अरुबाट बनाइएका छन् । info
التفاسير:

external-link copy
21 : 16

اَمْوَاتٌ غَیْرُ اَحْیَآءٍ ؕۚ— وَمَا یَشْعُرُوْنَ ۙ— اَیَّانَ یُبْعَثُوْنَ ۟۠

२१) (तिनीहरू) लाश हुन्, जिउँदा होइनन् तिनीहरूलाई यो पनि थाहा छैन कि कहिले उठाइनेछन् । info
التفاسير:

external-link copy
22 : 16

اِلٰهُكُمْ اِلٰهٌ وَّاحِدٌ ۚ— فَالَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ قُلُوْبُهُمْ مُّنْكِرَةٌ وَّهُمْ مُّسْتَكْبِرُوْنَ ۟

२२) तिमी सबैको पूजनीय एक मात्र अल्लाह हो, जो आखिरतमाथि ईमान राख्दैनन् तिनीहरूका हृदय अवज्ञाकारी छन् र तिनीहरू स्वयम् घमन्डी भइराखेका छन् । info
التفاسير:

external-link copy
23 : 16

لَا جَرَمَ اَنَّ اللّٰهَ یَعْلَمُ مَا یُسِرُّوْنَ وَمَا یُعْلِنُوْنَ ؕ— اِنَّهٗ لَا یُحِبُّ الْمُسْتَكْبِرِیْنَ ۟

२३) यिनीहरूले जे लुकाउँछन् र जे प्रकट गर्छन अल्लाहलाई अवश्य त्यसबारे थाहा हुन्छ । उसले घमण्डीहरूलाई कहिल्यै रुचाउँदैन । info
التفاسير:

external-link copy
24 : 16

وَاِذَا قِیْلَ لَهُمْ مَّاذَاۤ اَنْزَلَ رَبُّكُمْ ۙ— قَالُوْۤا اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟ۙ

२४) र जब यी (काफिरहरूलाई) भनिन्छः कि ‘‘तिम्रो पालनकर्ताले के उतारेको छ ? त भन्दछन्ः’’ कि त्यो त पहिलाको मानिसहरूका कथाहरू हुन् । info
التفاسير:

external-link copy
25 : 16

لِیَحْمِلُوْۤا اَوْزَارَهُمْ كَامِلَةً یَّوْمَ الْقِیٰمَةِ ۙ— وَمِنْ اَوْزَارِ الَّذِیْنَ یُضِلُّوْنَهُمْ بِغَیْرِ عِلْمٍ ؕ— اَلَا سَآءَ مَا یَزِرُوْنَ ۟۠

२५) यसैको परिणाम हुनेछ कि तिनीहरूले कियामतको दिन आफ्नो सम्पूर्ण बोझ आफै बोक्ने छन् र जसलाई यिनले ज्ञान नभइकन् मार्गविचलित गर्दछन्, तिनीहरूको पनि भारी बोक्ने छन् हेर त कस्तो नराम्रा वोझ उठाइराखेका छन् । info
التفاسير:

external-link copy
26 : 16

قَدْ مَكَرَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَاَتَی اللّٰهُ بُنْیَانَهُمْ مِّنَ الْقَوَاعِدِ فَخَرَّ عَلَیْهِمُ السَّقْفُ مِنْ فَوْقِهِمْ وَاَتٰىهُمُ الْعَذَابُ مِنْ حَیْثُ لَا یَشْعُرُوْنَ ۟

२६) यिनीभन्दा पहिलाका मानिसले पनि (यस्तै) षड्यन्त्रहरू गरेका थिए, अन्तमा अल्लाहले तिनीहरूको कल्पनाका महलहरूलाई जगबाटै उखेलिदियो र तिनीहरूमाथि घरका छतहरू खसे र यिनीहरूलाई त्यस्तो ठाउँबाट सजाय आयो जसबारे उनलाई अनुमान पनि थिएन । info
التفاسير: